देवकोटाका शालिकमा माल्यार्पण

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंले आज महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरे ।

त्यस अवसरमा उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको शालिकमा पनि माल्यार्पण गरे । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू मनिराज जोशी, भगवती बस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गरेका थिए ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउण्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा ठाकुर पराजुली, त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले त्रिमूर्ति अर्थात कविशिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

प्रतिक्रिया