खोजखबर

रसुवामा विदेशी पर्यटकको मृत्यु

सौर्य अनलाइन २०७५ कार्तिक २१ गते १०:३८ मा प्रकाशित

रसुवा । लाङटाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ । धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

सामान्य रुघाखोकी लागेपछि उनले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेको थियो । उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय