एसेवन सार्वजनिक गर्ने तयारीमा ओपो

काठमाडौं । सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गतको नयाँ उत्पादन एसेवन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो एसेवन विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागेको हो ।

ईच्छुक उपभोक्ताकालागि कम्पनीले नयाँ फोनको प्रिअर्डर खुल्ला गरिएको घोषणा गरेको छ । प्रिअर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ ।

फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५का दिनकम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुने छ । प्रिअर्डर अवधिभर ईच्छुक उपभोक्तालो कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुममा गई २ हजार अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन ।

यसरी प्रिबुकिङ गर्ने उपभोक्ताले फास्र्ट सेल्स ईभेन्टका दौरानयूवा ढुकढुकी तथा नेपालीचलचित्र उद्योगकी नायिक स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनी द्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने अवसर पाउने छन् । नेपालीचलचित्रउद्योगकीतारा, स्वस्तिमा खड्का ओपो फस्र्ट सेल्स ईभेन्टका दौरानओपो फ्यान्ससंग भेट्न केही समयका लागिअ ोपोको आधिकारिक शोरुममा उपस्थित रहनेछिन ।

यूवा ढुकढुकी तथा नेपालीचलचित्र उद्योगकी सुपर स्टार, नायिक स्वस्तिमा खड्का भर्खरै आधिकारिक रुपमा नेपालका लागि ओपो फ्रेण्डका रुपमा अनुबन्धित भएकी छिन । यस संगै आउँदा दिनहरुमा स्टार नायिकले ओपोका उत्पादनको प्रबद्र्धन गरिरहेको देख्न सकिने छ ।

वैश्विक ब्राण्डका रुपमाओपोले सदैव स्थानियता आत्मसात गर्दै आइरहेको छ । स्थानियतारा (स्टार)हरुसंग ब्राण्ड तथा उत्पादन प्रबद्र्धनकालागि सहकार्य यसको एक सटिक नमुना हो । भविष्यमापनि यस्तै अन्य स्थानिय सहकार्यहरुका लागि समेत ओपो निकै उत्साहित रहेको कम्पनीेले जानकारी दिएको छ ।

प्रतिक्रिया