स्प्यानयोल ला लिगाको दोस्रो स्थानमा

एजेन्सी, स्पेन । स्पेनिस ला लिगा फुटबलमा स्प्यानयोल लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा एट्लेटिको बिल्बाओलाई १ – ० ले हराएर स्प्यानयोल दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा स्प्यानयोललाई जित दिलाउन बोर्जा इग्लिजायासले निर्णायक गोल गरे । खेलको ४१औं मिनेटमा इग्लिजायासले गोल गर्दै घरेलु टोलीलाई साँघुरो जित दिलाएका हुन् ।
जितसँगै स्प्यानयोलले ११ खेलबाट २१ अंक जोडेको छ । र, सेभियालाई १ अंकले पछि पार्दै स्प्यानयोल लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

स्प्यानयोल लिगको शीर्ष स्थानको बार्सिलोना भन्दा ३ अंकले पछि छ । ११ खेलबाट १० अंक जोडेको बिल्बाओ १७औं स्थानमा छ ।

प्रतिक्रिया