एनआइसी एसिया रेमिटले ल्यायो थप सुविधा

काठमाडौं । एनआइसी एसिया रेमिटले तिहार छठको अवसरमा थप सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक पैसा पठाउँदा १ पटक सित्तैमा पठाउन पाइने छ ।

एनआइसी एसिया बैंकले चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरूलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । उक्त विप्रेषण रकम यस बैंकका जुनसुकै शाखाहरूबाट सजिलै रूपमा भुक्तानी पाउन सकिने छ ।

उक्त सुविधा कात्र्तिक र मंसिर महिना सम्मको लागि लागू हुने छ । यो सुविधाबाट चाडपर्वहरूको समयमा ग्राहकहरूले झन्झटरहित तरिकाबाट बैंकमार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै, यस योजना ०७५ साल कार्तिक १८ गते देखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया