‘तिहारको रन्को’ टिम कलाकारहरुको पत्रकार भेला

काठमाडौँ । ‘तिहारको रन्को’ नाम गरेको देउसीभैलो गीतको पाँच जना कलाकारको टोलीले पत्रकारहरुको भेला गराएको छ । लोकप्रिय गायक खुमन अधिकारी, गायिकाहरु अमृता लुंगेली मगर, सिता थापा, मंजु गौतम र सावित्रा भुजेल (बस्नेत) हरुको टोलीले कार्तिक १९ गते अनामनगर स्थित एकता फिल्मस् को भवनमा उक्त कार्यक्रम गराएका हुन् । २०७४ सालको तिहारमा पनी यहि टोलिले देउसीभैलो गीत ल्याई सफलता प्राप्त गरेका थिए ।

दर्शक श्रोता, मिडियाहरुको सपोर्टले गर्दा अहिले पनी ‘तिहारको रन्को’ दुई पटक ट्रेडिङमा परेर सफलता मिलेको पत्रकारहरुसंग गायक खुमन अधिकारीले बताए । त्यही गीतको बारेमा सबैले आफ्नो आफ्नो भनाइ राखेका थिए । गायिका अमृता लुंगेलीले पनी आफुहरुले नसोचेको सफलता पाएको बताइन । मोडल तथा यही गीतकी गायिका सावित्रा भुजेल (बस्नेत) ले पनी चर्चित कलाकारहरुसंग आवाज मिसाउन पाउँदा खुशी भएको बताइन ।

चलचित्रमा समेत अभिनय गरेकी सोही गीतकी मोडल सुस्मिताले चलचित्रमा मात्रै नभएर आफुलाई गीत मन पर्नुका साथै गायक गायिका हरुले अफर गरेपछि यस गीतमा अभिनय गरेको बताइन । त्यस्तै सिता थापा, मंजु गौतम र अभिनय गर्ने दिनेश क्षेत्रिले पनि गीतको बारेमा आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया