पर्दा पछाडीका निर्देशक बि.क आए अगाडी ‘लभ फ्युजन’ (भिडियो)

काठमाण्डौ । हरेक मानिसको चाहना फरक फरक हुने गर्दछ । आफ्नो चाहना अनुसार हरेक व्यक्तिले जिबिका पार्जन गरिरहेको हुन्छ । मानिसको जिबिका पार्जन गर्नका लागि मनोरंजन, सांगीतिक पाटो आवश्यक पर्दछ । यस्तै नेपाली सांस्कृतिक र मनोरंजनको पाटो हेर्ने हो भने धेरै विधा समेट्न सकिन्छ  ।

म्युजिक भिडियोमा विभिन्न दृश्यलाई नियालेर मनोरंजन लिने हरेक मानसि भेटिन्छ । त्यही म्युजिक भिडियो बनाउने कोरियोग्राफर तथा निर्देशकलाई प्राय मानिसले चिन्न सक्दैनन् । कतिपय निर्देशक धेरै बर्ष अगाडीदेखि  यही म्युजिक भिडियोमा निरन्तर राम्रो काम गर्दै आइरहेर पर्दा पछाडी रहेको हुन्छ भने कतिपय निर्देशक भर्खर यस क्षेत्रमा प्रवेस गरेर पर्दा अगाडी आई चर्चामा पुगेको हुन्छ ।

यस्तै राम्रो काम गर्दै विभिन्न म्युजिक भिडियो तथा चलचित्रम समेत कोरियोग्राफर एवं निर्देशक गरेर पनि पर्दा पछाडी रहेका ब्यक्ती हुन् शिव बि.क । दुई दशकदेखि करिब ४५०० जति नेपाली म्युजिक भिडियोमा निर्देशन र ३५ वटा नेपाली चलचित्रमा बि.क ले कोरियोग्राफर गर्दै आएका छन् । निर्देशक मध्ये उनि पुरानो म्युजिक भिडियोको निर्देशकको रुपमा मानिन्छन्  ।

तर उनि पर्दा अगाडी आएर आम दर्शकहरु माझ कम मात्रामा चिनिएका छन् । उनि एउटा सतहमा चल्ने र उत्कृष्ट काम गर्ने निर्देशक हुन् । उनले निर्देशन एवं कोरियोग्राफर गरेका धेरै म्युजिक भिडियो चर्चाको शिखरमा रहेका छन् । निर्देशन र  तथा डान्स सिकाएर धेरै कलाकारलाई यस क्षेत्रमा  प्रवेस गराउने गुरुको रुपमा पनी उनी चिनिएका छन् । मिडिया खोज्दै र म चर्चामा जान पर्छ भन्ने मान्यता उनले लिएनन ।

बि .क थोरै काम गर्ने तर राम्रो काम गरेर दर्शक श्रोताहरु माझ चिनिन चाहन्छन् । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समयमा कलाकारहरु विभिन्न माध्यमबाट चिनिएका छन् । यसैक्रममा निर्देशक बि.क पनी यतिबेला फरक तरिकाले चिनिन थालेका छन्  । निर्देशनमा मात्रै ब्यस्त र पर्दा पछाडी रहेका बि.क ‘लभ फ्युजन’ नाम गरेको ‘मपनि तिम्रै हो’ बोलको गीतमा आफ्नै आवाज, निर्देशन तथा कोरियोग्राफर, अभिनय गरेर पर्दामा देखिएका छन् ।

गायिका स्मृति शाहीले उनलाई आवाजमा साथ दिएकी छन् भने गोबिन्द प्रसाद उपाध्यायको शब्दमा शिव बि.क कै संगीत रहेको छ । शिव फ्लिम्सको प्रस्तुति रहेको सोही गीतको भिडियोमा नायिका सुष्मा अधिकारी र सुन्दर खवासले बि.क संगै अभिनय गरेका छन् । यहि गीतको बिषयमा उनि भन्छन, ‘ समय परिवर्तन हुदै गएको छ । पहिलाको जस्तो जमाना अहिले छैन, त्यसैले म मात्रै किन पछि पर्ने ? आफु संग भएको सिप बाहिर ल्याउन पर्छ भन्ने मैले सोच्न थालें । दुई दशकसम्म मैले निर्देशन र कोरियोग्राफर गरेँ, तर पर्दा पछाडी रहेर काम गरेँ ।

मिडिया खोज्दै पनि हिडीन र चर्चामै जान पर्छ भन्ने पनि मनमा आएन । राम्रो काम गरेर देखौन पर्छ, दर्शक श्रोताले त्यसरी नै चिन्छन भन्ने मलाई लाग्यो । तर अहिलेको माहोल फरक भएर मपनि केहि नयाँ काम गरौँ कि भनेर यो गीतमा आवाज दिएर पर्दामा देखिएको हो ।

गीत र भिडियो हेर्न तल लिंक क्लिक गर्नुहोला

 

प्रतिक्रिया