तिन जिल्लाका आठ सरकारी कार्यालय उद्घाटन

कृष्ण ओझा, पाँचथर । पाँचथरमा प्रदेशस्तरीय ८ वटा सरकारी कार्यालय पाँचथरको फिदिममा उद्घाटन भएका छन । सोमबार एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबो ‘मौसम’ले उद्घाटन गरेका हुन । जिल्लास्थित प्रदेश एक भित्रका मन्त्रालयका कार्यालय पाँचथरमा स्थापना गरिएको हो । यिकार्याहरुले ताप्लेजुङ , पाँचथर , इलाम मा सेवा प्रदान गर्ने भएको छ ।

उद्घाटन भएका कार्यालयहरुमा डिभिजन वनकार्यालय , खानेपानी तथा सरसफाई डिभिजनकार्यालय , जलश्रोत तथा सिंचाई बिकास डिभिजन पाँचथर ,कृषि ज्ञान केन्द्र फिदिम पाँचथर ,नयासहर आयोजना कार्यालय फिदिम , भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र पाँचथर फिदिम, जिल्लास्वस्थ्य कार्यालय पाँचथर ,यसअघि संघीय सांसद वसन्तकुमार नेम्वाङले उद्घाटन गरेका थिए ।

त्यससगै आजै जिल्लाअस्पताल पनी उद्घाटन गरिएको छ । उद्घाटन भएका केहि यी कार्यालयहरुले इलाम , पाँचथर , ताप्लेजुङमा सेवा प्रभाह गरिने जनाइएको छ । उद्घाटन पछि जिससहलमा सभाको आयोजनाभएको थियो ।

सभामा मामिला मन्त्री आङवोले प्रदेशको अधिकार नजिकबाट दिन लागीएको जनाए । यो सरकार ६ महिनामा ढल्ने नभइ कुनै म्यादि सरकार नभएको जनाए । संघ र प्रदेश सरकारले संविधानबमोजिम कामगरेर छाड्ने बताए ।

आङवोले कृषिमा लाग्न र उत्पादनमा प्राथमिक्ता दिनुको बिकल्प नभएको जनाए । भौतिक पुर्वाधारका लागी पुजिगत एक अर्व हाराहारीमा बजेट रहेको जनाएका छन । सुरक्षाका लागी अब संघीय प्रहरीको स्थापनाहुने मन्त्री आङवोले व्यक्त गरे ।

त्यस्तै जिसस प्रमुख बिष्णु प्रसाद साप्कोटाले भौगोलिकरुपमा पाँचथर सुगम भएकाले प्रदेशले पाँचथर ताप्लेजुङ , इलाम ,लाइ सेवादिन कार्यालय स्थापना गरेको जनाए । त्यस्तै जनताको बलिदानी पुर्ण स्थापना भएको प्रदेश सरकारले स्थापना गरेको कार्यालयले सेवादिने वा नदिएको निगरानी हुने प्रदेश सांसद तथा सचेतक सिताथेवेले व्यक्त गरेकी छन । कार्यक्रमलाइ नेका सभापति नरेन्द्रकुमार केरुङ , नेकपा नेता राजकुमार भण्डारी , नेकपाका युवा नेता मिक्सो , हर्कबहादुर नेम्वाङ , प्रदेश सरकारका बिषय गत सचिवहरुले बिचार र शुभकामना दिएका थिए ।

जिल्लास्थित राजनैतिक दल, संघसस्था , सरकारी कर्मचारी , सुरक्षाअधिकारीहरुको सहभागीता रहेको थियो । दिनभर प्रत्येक कार्यालयउद्घाटन तयारीमा रहेका थिए । कार्यालय अगाडी उद्घाटनको तयारी गरिएको थियो । मन्त्री आङवोले व्यानर र रिवन काटेर उद्घाटन गरेका थिए ।

प्रतिक्रिया