मतदाता मनाउने अन्तिम कसरत

वासिंगटन । संयुक्त राज्य अमेरिकामा संसदीय चुनाव हुनुभन्दा दुई दिनअघि रिपब्लिकन र डेमोक््रयाट्सले मतदाताहरूलाई आफ्नो तर्फबाट अन्तिममध्येका केही अपिल गरिरहेका छन् ।

आसन्न संसदीय चुनावलाई राष्ट्रपति डोनल्ड ट्रम्पको परीक्षणका रूपमा हेरिएको छ । बहालवाला र पूर्वराष्ट्रपतिहरू चुनावी प्रचार अभियानमा सहभागी भएका छन् । पूर्वराष्ट्रपति बराक ओबामाले इण्डियानामा डेमोक्रयाटिक पार्टीका सिनेटरलाई समर्थन गरिरहेका छन् भने ट्रम्पले जर्जियामा एउटा चुनावी ¥यालीलाई सम्बोधन गर्दैछन् ।

त्यहाँ गभर्नर पदका लागि हुने प्रतिस्पर्धा मतदान गर्न को योग्य छ भन्ने विवादका कारण ओझेलमा परेको छ । रिपब्लिकन पार्टीका तर्फबाट उठेका उम्मेदवारका अनुसार मतदाता नामावली प्रणालीमा डेमोक्र्या्टिक पार्टीले अनधिकृत रूपमा पहुँच स्थापित गर्नका लागि गरेको असफल प्रयासबारे जर्जियास्थित अधिकारीहरूले छानबिन गरिरहेका छन् ।

डेमोक्रयाटिक पार्टीका उम्मेदवारले चाहिँ सो छानबिनलाई ‘विक्षिप्त’ कदम भनेका छन् । यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोज्ने विदेशीलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

चुनाव आउन आठ हप्ता बाँकी छँदा प्रतिबन्धसम्बन्धी नयाँ व्यवस्था गरिएको थियो । अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले चुनावको निष्पक्षता सुनिश्चित गर्न पछिल्लो कदम चालिएको बताएका थिए ।

गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्रयाटिक दलले जिते आफ्ना नीतिहरू ‘हिंसात्मक रूपले’ उल्ट्याइने चेतावनी दिएका थिए । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १ सय मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो ।
ती निर्वाचन वाक् एवं धार्मिक स्वतन्त्रताका निम्ति जनमत संग्र्रहसरह हुने ट्रम्पले बताउने गरेका छन् ।

प्रतिक्रिया