मड्रिडको जितमा सोलारीलाई राहत

एजेन्सी, मड्रिड । अस्थायी प्रशिक्षक सान्टियागो सोलारीले रियाल मड्रिडको नेतृत्व समालेदेखि नै लगातार दोस्रो जित दिलाएका टन् । यसअघि कोपा डेल रेमा जित दिलाएका सोलारीले ला–लिगामा पनि सफलता हात पारे । सोलारी रियलको ‘बी’ टिम काास्टिलाका प्रशिक्षक हुन् । उनलाई क्लबले अहिले अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

शनिबार राती भएको खेलमा सोलारीको पहिलो लिग खेलमा रियालले रियाल भालाडोलिडमाथि २–० गोल अन्तरको जित निकाल्यो । पछिल्ला ६ खेलमा रियलले पहिलो जित दर्ता गराएको छ । रियालको जितमा १ आत्मघाति र पेनाल्टी गोल निर्णायक बन्यो । बराबरी नजिक पुगिसकेको अवस्थामा ब्राजिलियन स्टार भिनिसियस जुनियरलाई मैदान पठाउनु सोलारीको लागि महत्वपूर्ण निर्णय रह्यो ।

नयाँ प्रशिक्षकको नेतृत्वमा पहिलोपटक लिगमा उत्रिएको रियलमा पुरानै समस्या प्रष्ट देखिएको थियो । पहिलो हाफमा मड्रिड बराबरीमै रोकियो । यद्यपि, खेलमा दुवैतर्पmबाट गोलका लागि प्रयास भएको थियो । दोस्रो हाफमा पनि मड्रिडले गोलका लागि खेलको अन्तिम समयसम्मै पर्खनु परेको थियो । दोस्रो हाफमा भालाडोलिडका २ प्रहार पोस्टमा लागेर फर्किएको थियो । खेलको ८३औँ मिनेटमा ब्राजिलियन युवा स्टार भिनिसियसको प्रहार भालाडोलिडका डिफेन्डर किको ओलिभसलाई लागेर पोस्टमा छिरेको थियो ।

सोही आत्मघाति गोलबाट रियालले खेलमा अग्रता लिएका थियो । खेल सकिन २ मिनेट बाँकी छँदा रियालले पेनाल्टीको अवसर पायो । करिम बेन्जेमालाई डि बक्सभित्र लडाँएपछि प्राप्त पेनाल्टीमा कप्तान सर्जियो रामोसले गोल गरेका थिए । रियालले पछिल्ला ५ खेलमा मात्र एक अंक जोडेको थियो । गत आइतबार भएको एल क्लासिकोमा रियल घरेलु मैदानमा बार्सिलोनासँग ४–० ले पराजित भएको थियो । लगत्तै प्रशिक्षक जुलेन लुपेटेगुईलाई क्लबले बर्खास्त गरेको थियो । जितपछि रियल ११ खेलबाट १७ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । भालाडोलिड १६ अंकसहित आठाँै स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाको १० खेलबाट २१ अंक छ ।

स्पेनीस ला लिगमा शिर्ष स्थानको बार्सिलोनाले जितको यात्रालाई निरन्तरता दिइरहेको छ । शनिबार राती नै बार्सिलोनाले रियो भालेकानोलाई उसकै मैदानमा ३–२ कठिन जित निकाल्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ११औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएका थियो । लियोनल मेसीविना नै मैदानमा उत्रिएको बार्सिलोनाविरुद्ध रियोले ३५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्यायो । उसका लागि जोस एञ्गल पोजोले गोल गरे ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ५७औँ मिनेटमा एल्भारो गार्सियाले गोल गर्दै घरेलु टिम भालेकानोलाई अग्रता दिलाए । तर, ८७औँ मिनेटमा डिम्बालाले बार्सिलोनाका लागि बराबरी गोल गरे । खेलको अन्तिम समयमा लुइस स्वारेजले सेर्गी रोबेर्टोको पासमा उत्कृष्ट फिनिस गरेपछि बार्सिलोनाले बाढिसकेको अंक आफ्नो पक्षमा पा¥यो । जितपछि बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ ।

प्रतिक्रिया