पिपिएल : पोखरा फाइनलमा, चितवन र काठमाडौं प्ले अफमा

पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराको जितसँगै बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पोखराले १६औँ ओभरमा ६ विकेट गुमाउँदै जित हात पा¥यो । पोखराका लागि मोहमद नबिदले सर्वाधिक ३६ रन जोडे । उनले १५ बलको सामना गर्दै ५ छक्का प्रहार गरे । अमरसिंह राउटेलाको १६औँ ओभरको सुरुआती तीन बलमा उनले लगातार ३ छक्का प्रहार गरेका थिए । रोहित कुमार पौडेलले पनि नटआउट १५ रनको योगदान दिए ।

रवी इन्दर सिंहले २४ बलमा २ चौकाको मद्दतले २२ रन जोडे । ओपनर कुशल भूर्तेलले १४ तथा आसिफ शेखले १६ रन जोडे । विनोद भण्डारीले खाता नखोली पेभेलियन फर्किए । काठमाडौंका लागि अमरसिंह राउटेलाले ३ तथा सुशन भारी, नन्दन यादव र पवन सर्राफले १÷१ विकेट लिए ।

पोखराले काठमाडौंलाई पराजित गरेसँगै हाल पोखरा अंक तालिकामा समान ६÷६ अंक बोकेर काठमाडौंसँगै शीर्ष २ स्थानमा उक्लिएको छ । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको मध्यम योगफल तयार पारेको थियो । खराब सुरुआत गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए । ओपनर अमित श्रेष्ठले २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए ।

वसन्त रेग्मी १९ रनमा नटआउट रहँदै टोलीलाई १ सय रनको स्कोर कटाउन मद्दत गरे । उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे । काठमाडौंले १३ रन जोड्दा पहिलो विकेटको रूपमा जयकिसन कोल्सावालालाई शून्यमा गुमाएको थियो । त्यसपछि गौरव तोमर पनि शून्यमै आउट भए । दुवै विकेट मोहम्मद नाबिदले हात पारेका थिए । आदिल खान ७ रनमा रन आउटको सिकार भए । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चंदै २ विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन दिंदै ३ विकेट लिए । राशिद खानले २ तथा विक्रम भुसालले १ विकेट लिए ।

चितवन प्लेअफमा
सन्नी पटेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ । यस जितसँगै चितवन प्लेअफमा पनि प्रवेश गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले अन्तिम ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता ग¥यो । सन्दीप लामिछानेको १९औँ ओभरमा सन्नी पटेलले १८ रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । सन्नीले आक्रामक सट खेल्दै लगातार २ चौका प्रहार गरे । उनले २४ बलमा ४ चौका र ४ छक्कासहित नटआउट ५१ रन प्रहार गरे । सोनु तामाङले नटआउट ११ रन जोडे ।

इनिङसको पहिलो बलमै सन्दीपले हरिशंकर साहलाई मिड विकेटमा क्याचआउट गराएका थिए । पहिलो ओभरको अन्तिम बलमा पारसले छक्का प्रहार गरे पनि तेस्रो ओभरको पहिलो बलमा सन्दीपले पारसलाई बोल्ड गरे । ९–२ को स्थितिमा पुगेको चितवनले पाँचौँ ओभरमा अर्का ओपनर अनिल साहलाई पनि १३ रनमा गुमायो । मध्यक्रममा स्मित पटेलले २१ रन जोड्दा आरिफ शेखले ३५ रन जोडे । दुवै ब्याट्सम्यानले २ चौका मात्र प्रहार गरे । विराटनगरका कप्तान सन्दीपले ४ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए । सुनील धमला र साहब आलमले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुआत गरेको विराटनगरका लागि ओपनर मोहम्मद जायद आलम र सुनिल धमलाले पहिलो विकेटको ८७ रनको साझेदारी गरेपछि विराटनगरले सम्मानजनक योगफल तयार पारेको थियो । ४७ बल खेलेका मोहम्मद जायदले ६ चौका र २ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय योगदान दिए ।

अर्का ओपनर सुनिल धमला अर्धशतक बनाउनबाट ३ रनले चुके । ४५ बलमा धमलाले ७ चौका प्रहार गरे । प्रदीप ऐरी ११ रनमा पेभेलियन फर्किए । राजु रिजाल ६ तथा एन्टन एन्ड्रियु ४ रनमा आउट भए । राजेश पुलामी मगर र पुष्प थापा रनमा नटआउट रहे । चितवनका कप्तान पारस खड्का र स्मित पटेलले समान २÷२ विकेट लिए । करण केसीले १ विकेट लिए ।

प्रतिक्रिया