तीन जिल्लाको स्वास्थ्य कार्यालय फिदिममा

पाँचथर । प्रदेश एकमा रहेका तीन जिल्लाको स्वास्थ्य कार्यालय फिदिममा उद्घाटन भएको छ । स्वास्थ्य क्षेत्रको कामकाज फिदिमबाट हुने भएको छ । सोे कार्यालयको संघीय सांसद वसन्तकुमार नेम्वाङले उद्घाटन गरेका हुन ।

प्रदेश सरकारले १ नम्बर प्रदेशका ६ स्थानमा स्थापना गरेका कार्यालय मध्ये फिदिम रहेको कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयको भवनलाई स्वास्थ्य कार्यालय पाँचथरमा रूपान्तरण गरी उद्घाटन गरिएको हो ।

फिदिममा उद्घाटन गरिएको कार्यालयको क्षेत्रधिकार पाँचथर, ताप्लेजुङ र इलाम जिल्ला पर्छन् । इलाम र ताप्लेजुङमा दुई, दुई जना कर्मचारी रहने गरी स्थापना गरिएको पाँचथर कार्यालयमा १४ जनाकर्मचारी रहने व्यवस्था गरिएको छ ।

राज्यको पुनरसंरचनासँगै स्वास्थ्य क्षेत्रको पनि पुनःसरचना भएको हो । त्यसै अनुरूपमा साबिकमा जिल्ला स्वास्थ्य कार्यालयललाई स्थानीय तहमा गाभिएपछि देशका ३५ स्थानमा त्यस्ता कार्यालय स्थापना भएका छन् ।

उद्घाटन कार्यक्रममा कार्यालयबारे जानकारी दिँदै जनस्वास्थ्य प्रशासक सागर प्रसाइले भने–‘हामी १ नम्बर प्रदेशको सामाजिक बिकास मन्त्रालयअन्तर्गत स्थापित भएका हाँै ।’ नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारको सुनिस्चितताका लागि कार्यालय स्थापना गरिएको उनको भनाइ थियो ।

स्वास्थ्य संस्थाले तथ्यांकका आधारमा आफ्ना सेवालाई बिस्तार गर्दै लगेको बताउँदै उनले परिवर्तित अवस्थामा मानव स्वास्थ्यमा नयाँ समस्या सिर्जना भइरहेको प्रति सजग रहनसमेत आग्रह गरे ।

संघिय सांंसद वसन्तकुमार नेम्बाङले उद्घाटन समारोह कार्यक्रममा बोल्दै नागरिकको सेवाका लागि नै पुनर्संरचना भएको भन्दै केन्द्रका अधिकार तल्लो तहसम्म ल्याउने तयारी भईरहेको बताए ।

समृद्ध नेपाल निर्माणको आधार स्वास्थ्य क्षेत्रसमेत भएकाले सोही अनुसारको तयारीमा सरकार रहेको नेम्वाङले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सेवालाई पहिलेभन्दा अझ परिस्कृत गर्दै लानुपर्ने बताए ।

नागरिकका अन्य आवस्यकता जस्तै स्वास्थ्य आवस्यकता पनि रहेको भन्दै त्यसको गुणस्तरियतामा ध्यान दिन आग्रह गरे । जिसस प्रमुख बिष्णुप्रसाद सापकोटाले आर्थिक अभावले सेवामा असर पर्न नहुने भन्दै त्यसको ब्यवसस्थापनका लागि आपूmहरूले पहल गर्ने बताए ।

प्रतिक्रिया