घरेलु उद्योगलाई कच्चा पदार्थको अभाव

नेपालगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७ सय ८९ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्ष ०७५÷७६ मा ३ सय ९० उद्योग मात्र नवीकरण गरिएका छन् ।

कार्यालयका निमित्त प्रमुख दुर्गा ओलीका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २ सय ४८ कृषि तथा वनजन्य उद्योग रहेका छन् । लयका निमित्त प्रमुख दुर्गा ओलीले बताए । निजी फार्मले दर्ता गरेका उद्योग पाँच वर्षसम्म नवीकरण गराउनु पर्दैन । पाँच वर्षपछि मात्र दुई-दुई वर्षमा नवीकरण गराउनुपर्ने प्रावधान छ । साझेदारी उद्योग प्रत्येक वर्ष नवीकरण गराउनुपर्छ भने निजी उद्योगको लेखापरीक्षण प्रतिवेदन मात्र बुझाउनुपर्छ ।

जिल्लाका धरैजसो उद्योगले प्रतिस्पर्धाका कारण पहिलाजस्तो मुनाफा गर्न सकेका छैनन् । ‘सुरुआतमा पर्याप्त आम्दानी भए पनि अहिले विभिन्न चुनौती खेप्नुपरिरहेको छ,’ भोलेबाबा फर्निचर उद्योगका सञ्चालक राजकिशोर चौधरीले भने । जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक उद्योग १ सय ९२, कृषि तथा वनजन्य उद्योग २ सय ४८, पर्यटन १ सय ७३ र सेवामूलक उद्योग १ सय ७६ दर्ता छन् । यहाँ सञ्चालित घरेलु तथा साना उद्योगमा करिब २ हजार जनाले रोजगारी पाएका छन् ।

अधिकांश उद्योगले कच्चा पदार्थ, दक्ष जनशक्ति तथा बजारको समस्या भोग्नुपरेको छ । ‘कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्छ, दक्ष जनशक्तिको अभाव छ,’ उद्योगपति प्रभात ठकुरीले गुनासो गरे । जिल्लामा दर्ता भएका सबै उद्योगमा १ अर्ब २२ करोडभन्दा बढी लगानी गरिएको छ । ती उद्योगबाट वार्षिक ३ अर्ब ७७ करोडभन्दा बढीको सामान उत्पादन हुन्छ । घरेलु तथा साना उद्योगबाट वार्षिक ६३ लाखभन्दा बढी राजस्व संकलन हुनेगरेको छ ।

प्रतिक्रिया