शैक्षिक गुणस्तर सुधार्न अन्तरक्रिया

बाजुरा । जिल्लाको सदरमुकाममा रहेको बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्न जिल्ला बाहिर अध्यनरत विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अहिले बाजुराका प्रायजसो विद्यार्थी एसएलसी गरिसकेपछि जिल्ला बाहिर अध्ययनका लागि जाने गर्दछन् ।

जिल्ला बाहिर अध्ययन गर्न गइसकेपछि के कस्ता किसिमका समस्या आँउछन् र सो समस्या समाधान गर्नका लागि अब बडिमालीका नगरपालिकाले कस्ता किसिमका पहल कदमी लिनुपर्छ भन्ने सुझाव संकलन गर्नका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै जिल्ला विकास समन्वय इकाईका स्रोत व्यक्ती गम्भीरसिंह गुरुङले अरु जिल्लाको शैक्षिक गुणस्तर र बाजुरा जिल्लाको शैक्षिक गुणस्तरको बारेमा बोलेका थिए । उनले बाहिर अध्ययनरत विद्यार्थीरूरुले गरेका अनुभव तथा शैक्षिक गुणस्तर सुधार्न आगामी दिनमा नगरपालिकाको चाल्नुपर्ने कदमका बिषयमा सुझाव संकलन गरी नगरपालिकाको शिक्षा नीति अगाडी बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

जिल्लाबाहिर अध्यनरत सहभागि विद्यार्थीले आफूले जिल्ला बाहिर गइसकेपछि फेरि सुरुबाटै हरेक कुरा सिक्नुपरेको बताएका छन्् । ‘हाम्रो जिल्लामा प्रभावकारी पढाइ नै हुुँदैन भए पनि घोक्ने किसिमको पढाइ हुन्छ,’ उनीहरूले भने ।

भाषिक शिक्षण हुँदैन कार्यक्रममा सहभागी विद्यार्थीले बताएका छन् । विकसित जिल्लाको तुलनामा हाम्रो जिल्लाको शिषण गर्ने स्थानदेखि हरेक वातावरणले प्रभाव पार्ने पनि सहभागीले बताएका छन् । बाजुरा जिल्लाको शिक्षाको जग नै कमजोर भएकाले आगामी दिनमा नगरपालिकाको शैक्षिक नीति बनाउँदा जगबाट नै बलियो बनाएर अगाडी बढ्न सुझाव दिए ।

त्यस्तै, जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिले पनि जिल्लाको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी, नगरपालिकामा कार्यरत शिक्षकले पनि शिक्षण गर्ने विषयगत शिक्षक नभएको र अभिभावकको लापरबाहीका कारण पनि बालबालिकाको शैक्षिक अवस्था कमजोर भएको बताए ।

सो कार्यक्रमको समापनमा बोल्दै नगरप्रमुख पदम बडुवालले जिल्लाबाहिर अध्ययन गरिरहेका विद्यार्थिले दिएको सुझाव र सल्लाह आगामी दिनमा नगरपालिकाले अंगिकार गर्ने बताए ।

प्रतिक्रिया