विश्व

चीन-पाकिस्तान अब बसमै यात्रा

एजेन्सी २०७५ कार्तिक १४ गते ८:१६ मा प्रकाशित

इस्लामाबाद । भारतको नयाँदिल्लीदेखि नेपालको काठमाडौं बस सेवा सुरु भएको केही वर्षमै पाकिस्तान र चीन पनि बस सेवाबाट जोडिएका छन् ।

एक प्राइभेट कम्पनीले ‘चाइना–पाकिस्तान इकोनोमी कोरिडोर’ कार्यक्रम अन्तरर्गत पाकिस्तान र चीनलाई बस सेवाबाट जोडेको हो । आगामी नोभेम्बर ३ मै यो बस सेवा उद्घाटन गर्ने बताइएको छ ।

यो सेवालाई लिएर पाकिस्तान र चीनबीच आर्थिक सम्बन्ध मजबुत बन्ने भन्दै पाकिस्तानी मिडियाले टिप्पणी गरेका छन् । बस सेवा जोडिने समाचारसँगै लाहोरका स्थानीयहरूले चीन यात्राको लागि बसका सीट ‘बुकिङ’ गरिसकेका छन् । अधिकारीहरूका अनुसार हरेक हप्ता चार दिन पाकिस्तानको लाहोर र चीनको तास्कुरगान बस सेवा उपलब्ध हुने छ ।

लाहोरबाट शनिबार, आइतबार, सोमबार र मंगलबार बस चीनको तास्कुरगानको लागि छुट्ने छन् । यस्तै तास्कुरगानबाट मंगलबार, बुधबार, बिहीबार र शुक्रबार लाहोरका लागि बस छुट्ने छन् ।

यात्रुले भने लाहोर, रावलपिन्डी र इस्लामाबादबाट टिकट बुक गर्न सक्ने बताइएको छ । कम्पनीका अनुसार बस सेवा लन्च, ब्रेकफस्ट, डिनरसहित अत्यधिक सुविधायुक्त छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय