पोखरा पल्टनद्वारा विराटनगर पराजित

कास्की । पर्यटकीय सहर पोखरामा सुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी सुरुआत गरेको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन विराटनगर टाईटन्समाथि ५८ रनले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विराटनगरमाथि तीन विकेटको क्षतिमा १ सय ९७ को चुनौती पेस ग¥यो । पोखराका लागि उसका सबै ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्दै फराकिलो रनको लक्ष्य दिएका थिए । खेलमा १ सय ९८ रनको लक्ष्य पाएको विराटनगरले आठ विकेटको क्षतिमा १ सय ३९ रनमा चित्त बुझायो ।

पोखरा पल्टनका लागि ओपनरको रूण्पण्मा मैदानमा आएका कुशल भुर्तेलले ३८ र आसिफ सेखले ५२ रनको योगदान दिएका थिए । विराटनगरले खेलमा सुरुआती अवस्थामै विकेट गुमाएको थियो । विराटनगरका सुनिल धमला १५ रन बनाए ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरा रंगशालामा २० कात्तिकसम्म सञ्चालन हुने प्रतियोगिताको विजयी टिमले २७ लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागी छन् ।

प्रतिक्रिया