नाबालिकामाथि बलात्कारः गुजरातबाट लखेटिए युपी र बिहारका ५० हजार

अहमदावाद । एकजना १४ महिने नाबालिकाको बलात्कार भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश बिहारवासी लखेटिएका छन् ।

नाबालिकामाथि बलात्कारपछि असुरक्षित ५० हजार भन्द धेरै उत्तर भारतका वासिन्दाले १५ दिनमा गुजरात छाडेका हुन् । यसैक्रममा उत्तर भारतीय भागिरहेको समाचारबीच गुजरातको सुरतमा गया (बिहार) का एकजना युवकको रडले कुटेर ज्यन लिइएको छ ।

शुक्रबार राति अमरजीत नामका युवकलाई पन्डेश्वरा इलाकास्थित एक मिलबाट काम सकेर फर्किंदै गर्दा ज्यान लिइएको हो । त्यही वेला केही मनिसले उनीमाथि आक्रमण गरेर ज्यान लिएका हुन् ।

मृतक गयाको कौडिया गाउँका वासिन्दा थिए । १५ वर्षदेखि सुरतको मिलमा काम गर्दै उनी एक मजदुर कन्ट्रयाक्टरका रूपमा पनि सक्रिय थिए । घटनाको खबर पाएपछि परिवारका सदस्यको रोएर बेहाल भएको छ । परिवारजनले छोराको मृत्यु गुजरातको हिंसामा भएको बताएका छन् ।

२८ सेप्टेम्बरमा गुजरातको साबरकाँठामा एक १४ महिने नाबालिकामाथि बलात्कार भएको थियो । नाबालिकामाथि बलात्कारको घटनापछि गुजरातका उत्तरभारतीयको जीवनमा भुइँचालो आइसकेको छ ।

यस घटनामा विहारका एक युवक गिरफ्तार भएका छन् । त्यसपछि गुजरातमा युपी बिहारका मानिसमाथि हिंसा सुरु भएको हो । उनीहरूलाई गुजरात छोड्ने अल्टिमेटम दिइयो । गुजरतमा आक्रमण तीब्र भएपछि अहिलेसम्म करिब ५० हजार उत्तर भारतीयले गुजरात छाडिसकेका छन् ।

उनीहरूको अनुहारमा रोजी रोटी खोसिएको पीडा प्रष्ट देख्न सकिन्थ्यो । समाचारअनुसार कांग्रेस विधायक अल्पेश ठाकुरको भाषणपछि गुजरातमा हिंसा भड्किएको हो । उनका दुई भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । तर उनी आफैँले भने आफूलाई यस मामिलाबाट टाढै राखेको जिकिर गरेका छन् ।

इन्काउन्टर गर्र्दा पेस्तोल नपड्केपछि…

एजेन्सी । आपराधिक समूहमाथि इन्काउन्टर गर्न गएको प्रहरी टोलीको पेस्तोल नै नपड्किएपछि आपत् आइलागेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित सम्भलमा शुक्रबार पुलिसले एक आपराधिक समूहका सदस्यमाथि इन्काउन्टरको तयारी गरेको थियो ।

आपराधिक समूहका ती सदस्यमाथि इन्काउन्टरका क्रममा पुलिसले प्रयोग गर्ने पेस्तोल नै नपड्किएपछि आपत् आइलागेको हो । त्यसपछि प्रहरीका एक अधिकृतले मुखैबाट पेस्तोलको ठ्याङ–ठ्याङ आवाज निकालेर अपराधिक समूहका सदस्यलाई तर्साउन थाले ।

यस घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । यस भिडियोलाई लिएर पुलिसको हँसीमजाक गर्न थालिएको छ । जानकारीअनुसार असमोली ठानाका पुलिस मध्यराति सवारीसाधनको चेकिङमा व्यस्त थियो । त्यही क्रममा केही मानिस पुलिसको बार तोड्दै अघि बढे ।

पुलिसले उनीहरूलाई पक्रन खोजेपछि उल्टै अपराधिक समूहका सदस्यले गोली चलाए । अपराधिक समूहका सदस्यलाई चुनौती दिँदै जब पुलिसले गोली चलाउन खोज्यो तब पेस्तोल नै चलेन । त्यसक्रममा प्रहरी अधिकारीको पेस्तोलले धोका दियो । कयौँ कोशिस गर्दा पनि गोली नै चलेन ।

त्यसक्रममा पुलिसले एकजनालाई पक्राउ गर्न सफल भयो । आरोपीमाथि हत्या र लुटसहितका मुद्दा चलाइयो । तर घटनाका क्रममा अन्य भने भाग्न सफल भए । पुलिसका अनुसार आरोपीबाट एक पेस्तो र विस्फोट नभएको कार्तोस बरामद भएको छ । त्यस क्रममा अपराधिक समूहको गोली लागेर एक प्रहरी उल्टै घाइते भए ।

प्रतिक्रिया