‘दसैँ बजार’ प्रभावकारी भएन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सा र उद्योग वाणिज्य संघ वीरगञ्जले दसैँलाई लक्षित गरी लगाएको सस्तो बजार प्रभावकारी हुन सकेको छैन । गत बुधबार वीरगञ्ज उद्योग वाणिज्य कार्यालयको सभाहलमा सस्तो बजारको एक कार्यक्रमबीच औपचारिक उद्घाटन भएको थियोे ।

बजारको बारेमा वीरगञ्जका सर्वसाधारणलाई जानकारी नभएकाले सस्तो बजार प्रभावकारी हुन नसकेको उपभोक्ताहरूले बताएका छन् । दसैँलाई लक्षित गरी लगाइएको सस्तो बजार नामका लागि मात्र भएको वीरगञ्जका उपभोतmा मोहन गिरीले गुनासो गरे ।

उनले भने, ‘बजारको भन्दा नुन र ग्यास मात्र सस्तो रहेको छ । बाँकी समाग्री बजारको भाउमा पाइने गरेको छ । यो बजार लगाउनुभन्दा नलगाएकै राम्रो हुन्थ्यो ।’ यो सस्तो बजारको नाम दिएर झारा टार्ने काम मात्र गरिएको उनले बताए ।

तर, दसैँ सस्तो बजार देशभरिका उद्योगी व्यवसायीले सरकारलाई देखाउने उद्देश्यले मात्र दसैँलाई लक्षित गरेर लगाएको उपभोतmाहरूको भनाइ छ । उद्योग वाणिज्य संघ वीरगञ्जले दसैँमा सेवाग्राहीलाई आवश्यक पर्ने समाग्री सुपथ मूल्यमा सजिलो गरी पाऊन भन्ने उद्देश्यले सस्तो बजार लगाइएको जनाएको छ ।

बजारको बारेमा उपभोक्तालाई जानकारी नभएकाले यस बजारमा नआएर सीमावर्ती सहर रक्सौलमा बजार गर्नेहरूको संख्यामा वृद्धि भएको सस्तो बजारमा स्टल लगाएका एकजना व्यापारीले बताएका छन् । व्यापारीका अनुसार अरू समाग्रीको तुलनामा नुन र ग्यासको बढी खपत भएको छ । बजारभन्दा नुन ४ रुपैयाँ र ग्यास ३० रुपैयाँ सस्तो छ ।

३० गतेसम्म चल्ने सस्तो बजारमा १२ वटा स्टलमा मात्र राखिएको छ । जसमा चिनीको एउटा स्टल मात्र छ । प्रत्येक वर्ष उद्योग वाणिज्य संघ वीरगञ्जले दसैँलाई लक्षित गरेर सस्तो बजार लगाउँदै आएको छ ।

सस्तो बजारमा दैनिक उपभोग्यको समाग्री सबै नपाइएकाले केही नकिनी फर्किएको उपभोत्ता राकेश जैसवालले बताए । जैसवालले भने, ‘दसैँलाई लक्षित गरी लगाइएको सस्तो बजार सराहनीय छ । तर, दैनिक उपभोग्य सबै सामग्री हुनुपर्थ्योे ।’

प्रतिक्रिया