प्रदिपलाई हाप्किडोमा कांस्य

 


काठमाडौं । रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए । प्रदीप सेमिफाइनलमा रसियाका खेलाडीसँग पराजित भएपछि कांस्यमै सीमित भएका थिए ।

जितपछि प्रदीपले देशका लागि खेलको माध्यमबाट अन्तर्राष्ट्रिय सफलता हात पार्न सफल भएकोमा गौरव महसुस भएको बताए ।  द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सबर्गमा भएको च्याम्पियनसिपमा कांस्य जित्दै प्रदिपले पहिलोपटक हाप्किडोमा अन्तर्राष्ट्रिय पदक दिलाए ।

उक्त प्रतियोगिता अल स्टाइल स्पोर्टस्मा भएको थियो । च्याम्पियनसिपमा संघका प्रमुख प्रशिक्षक लानम लामा र टिम व्यवस्थापकमा दीपेन्द्र तामाङ रहेका थिए ।

१२ देखि १३ अक्टोबरसम्म सञ्चालन भएको च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत १ दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया