ओजस्वीले ल्याइन् नेपालकी छोरी…

काठमाडौं । गायिका ओजस्वी झाको स्वर रहेको राष्ट्रिय भावनाको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘चाहे भन काली मलाई, चाहे भन गोरी…नेपालकी छोरी…’ बोलको गीतमा मित्र केसीको शब्द रहेको छ ।

ह्वाइट पिगन मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोको निर्देशन अनिष लामाले गरेका छन् । राजकुमार महर्जन निर्माता रहेको भिडियोमा पूजा महर्जन, स्मृति योञ्जनलगायत प्याराडाइज स्कुल सानेपाका विद्यार्थीको अभिनय छ ।

भिडियोको छायांकन तथा सम्पादन निमा राय ‘आषिश’ ले गरेका छन् ।

प्रतिक्रिया