कांग्रेस कमजोर भए लोककतन्त्र कमजोर हुन्छ : खाँड

सिमरा । नेपाली कांग्रेसका युवा नेता बाल कृष्ण खाँडले कांग्रेस कमजोर भए देशको लोकतन्त्र कमजोर हुने बताएका छन् । बाराको पथलैयामा नेपाली कांग्रेस नगर कार्य समिति जीतपुरसिमराद्वारा आयोजित रक्तदान तथा शुभकामना आादन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस नेपालमा लोकतन्त्र ल्याएको र देशमा नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए ।

उनले अहिले नेपाली कांग्रेस पार्टि क्षमता र मुद्दाका आधार नभै घर घरमा भेटेको आधारमा चलिरहेको बताउदै अब त्यो कुरालाई परिवर्तन गरी पार्टिलाई बलियो बनाउने समेत दाबी गरे ।

खाँडले आबको १० वर्षमा विश्वबाट नै कम्युनिष्ट समाप्त भएर जाने बताउदै नेपालमा कांग्रेस सिद्धियो भन्ने भ्रममा नपर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महेन्द्र रायले कम्युनिष्ट र मधेसी नेताहरुले जातिको राजनिती गरेर जनतालाई भ्रमीत गरेको आरोप लगाए । उनले पहाडमा कम्युनिष्ट र मधेसमा मधेसी दलले पहाडी र मधेसीको नाममा राजनिती गर्ने र जनतालाई भ्रममा राखेर सत्तामा आउने काम गरेको आरोप लगाए।

प्रतिक्रिया