राजपाले दियो छठसम्मको म्याद

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्ना माग पूरा गर्न सरकारलाई आगामी छठसम्म समय दिने निष्कर्षमा पुगेको छ ।

राजपा अध्यक्षमण्डलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी माग पूरा गर्न दबाब दिएका थिए ।

भेटमा माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको सहभागी नेताहरुले बताएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ु‘प्रधानमन्त्रीज्यूले माग पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ । त्यसैले हामीले दसैं, तिहार, छठसम्म पर्खने निर्णय गरेका छौं ।’ नागरिकमा दैनिकमामा खबर छ ।

प्रतिक्रिया