कपिलले बिहे गर्दै


मुम्बई । चर्चित भारतीय हाँस्यकलाकार तथा कार्यक्रम प्रस्तोता कपिल शर्माले आफ्नी प्रेमिका गिन्नी चतरथसँग बिहे गर्ने पक्का भएको छ । उनीहरूको बिहे डिसेम्बरमा पञ्जाबको अमृतसरमा हुने जनाइएको छ ।

उनीहरू क्याम्पस पढ्दादेखि नै प्रेमसम्बन्धमा थिए । केही महिनाअघि मात्रै कपिलले सामाजिक सञ्जालमार्फत प्रेमिकालाई सार्वजनिक गरेका थिए । कपिलका विभिन्न हर्कतले आजित उनका शुभचिन्तकले लामो समयदेखि नकारात्मक समाचार मात्र सुन्दै आएका वेला बिहेको खबरले राहत मिलेको छ ।

डिप्रेसनमा रहेका कपिल रक्सीको कुलतमा फसेका थिए ।  कुलतमा फसेका कपिल बिहेपछि सुध्रिने धेरैले आशा गरेका छन् । उनी चाँडै नै आफ्नो कमेडी सो ‘द कपिल शर्मा सो’ बाट टेलिभिजनमा पुनरागमन गर्ने तयारीमा छन् ।

पञ्जाबको अमृतसरमा बिहे गरेपछि उनले आफ्ना साथीभाइलाई मुम्बईमा भव्य पार्टी दिने तयारीमा छन् । त्यसमा उनले आफ्ना पूर्वसहकर्मी सुुनील ग्रोबरलाई बोलाउँछन् कि बोलाउँदैनन् भन्ने चासोका साथ हेरिएको छ । सुनिलसँग उनको हवाइजहाजभित्र लफड

प्रतिक्रिया