केसीले दिए विद्यार्थीलाई पोसाक

सल्यान । बागचौर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीले पोसाक तथा नगद पाएका छन् । बागचौर नगरपालिका निवासी ज्ञानेश्वर केसीले उक्त सहयोग गरेका हुन् ।

दसैँ तथा तिहारको अवसर पारेर उनले नगरको सरस्वती मावि पेदिखोलाका १० जना, राष्ट्रिय आधारभूत विद्यालयका पाँच जना, सरस्वती आधारभूत विद्यालयका पाँच जना, शिशु जागरण आधारभूत विद्यालयका पाँच जना बालबालिकालाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै बालकल्याण माविका २५ जना, शिशु कल्याण माविका १० जना, दुर्गा सरस्वती माविका १० जना गरी जम्मा ७० जना विद्यार्थीलाई स्थानीय जनप्रतिनिधिको समन्वयमा विद्यालयमा नै पुगेर विद्यालय पोसाक र प्रतिविद्यार्थी सय रुपैयाँ नगद वितरण गरिएको विद्यालयले जनाएको छ ।

समाजसेवी केसीले आप्mनै नाममा रहेको ज्ञानेश्वर फाउन्डेसनका तर्फबाट व्यक्तिगत लगानीमा जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई पोसाक तथा नगद रुपैयाँ वितरण गरेको जनाए ।

यस नगरपालिकाभित्र रहेका गरिब तथा जेहेन्दार विद्यार्थीका लागी सानै भए पनि सहयोग गर्न पाउँदा आपूmलाई निकै खुसी मिलेको उनले बताए । फाउन्डेसनका सञ्चालक ज्ञानेश्वर केसीले सेवा नै धर्म हो भन्ने उद्देश्यले विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको स्थानीयको भनाइ रहेको छ ।

कुनै राजनीतिक आग्रह पूर्वाग्रहविना सामाजिक सेवामा तल्लिन भई काम गर्दै आएको बताउँदै केसीले गाउँघरमा रहेका विपन्न तथा गरिब बालबालिकाका जो आर्थिक अवस्था कमजोर भएर शिक्षा लिनबाट वञ्चित हुनुपरेको छ त्यस्ता बालबालिकालाई अन्य व्यक्तिहरूले पनि सहयोग गर्न आग्रह गरे ।

यस्तै उनले विभिन्न विद्यालयहरूमा स्वच्छ फिल्टर वितरण गर्ने आप्mनो आगामी योजना रहेका बताए । ‘बालबालिकाले दूषित पानी पिउँदा र प्रयोग गर्दा विभिन्न खाले रोगको सामना गर्नुपरेको छ’, उनले भने, ‘अब यस समस्यालाई समाधान गर्न विद्यालयमा फिल्टर वितरण गर्ने सोच बनाएको छु ।’ उनले आफ्नो आम्दानीको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने बताए ।

प्रतिक्रिया