विकल, भूमिका र राजनलाई स्वर्ण

काठमाडौं । सिंगापुरमा भएको खुला आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान १–१ रजत र कांस्य पदकसहित कुल ५ पदक जितेका छन् ।

सोमबार सिंगापुरमा च्याम्पियनसिपमा विकल पौडेल, राजन रसाइली र भूमिका श्रेष्ठले स्वर्ण पदक दिलाएको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

फाइटतर्फ विकलले ६३ केजी र राजनले ७५ मुनि नेपाललाई स्वर्ण दिलाएका थिए । प्याट्रर्नमा भूमिकाले कालो पेटीतर्फ नेपाललाई १ स्वर्ण दिलाउन सफल भइन् । प्याट्रर्नमै समीर बस्नेतले पनि रजत पदकमै चित्त बुझाएका थिए ।

च्याम्पियनसिपमा नेपाल आइटिएफ तेक्वान्दो महासंघ प्रदेश–५ का अध्यक्षसमेत रहेका विरेन्द्र जंग शाहीको प्रशिक्षण रहेको थियो । शाहीले च्याम्पियनसिपमा जुरिको भूमिकासमेत निर्वाह गरेका थिए ।

सोमबार नै अमेरिकाको न्युयोर्कमा भएको फस्र्ट नर्थ अमेरिकन अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका राजमन्दिर श्रेष्ठले कांस्य पदक जितेका महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

प्रतिक्रिया