स्युचाटार डोजाङद्वारा अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित


काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक विजेता खेलाडीले स्युचाटार डोजाङले सम्मान गरेको छ । शनिबार स्युचाटारस्थित डोजाङले गत जेठमा काठमाडौंमै भएको दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्न सफल २३ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

पदक विजेतालाई नागर्जुन नगरपालिका वडा–९ का अध्यक्ष रामकृष्ण भट्टराई, वडा–१० का अध्यक्ष सुन्दर केसी, वडा–७ का अध्यक्ष रमेश गौतम, नेपाल तेक्वान्दो संघका सचिव नविनकुमार श्रेष्ठ र डोजाङ प्रमुख नोर्बु लामा लगायतले सम्मानित गरेका थिए ।


अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नमिका मोक्तान, विनिता तामाङ, सन्जिला तिम्लिसिना, राम गोले, लक्ष्मण गोले, अस्मिन राउत, गीर्वाणी थापा, रोशनी साह, अनुस्का विसुन्खे र विकास श्रेष्ठले स्वर्ण जितेका थिए ।

अनिषा बखती, शुसान्त थापा र समुन्द्र कुँवरले रजत तथा वीरबहादुर बम्जन, जेस्न थापा, युरिना भण्डारी, आशिष श्रेष्ठ, रशिका खतिवडा, मोनिका रम्तेल, रेक्सोना भुजेल, सागर भट्टराई, विनिता सिग्देल र राजेन्द्र थामीले कांस्य पदक जितेका थिए ।

कार्यक्रममा स्वर्ण विजेतालाई नगद ५ हजार, रजत विजेतालाई ३ हजार र कांस्य विजेतालाई २ हजार, सम्मानपत्र र ट्रयाक सुटबाट सम्मान गरिएको डोजाङका प्रशिक्षक सरोज बास्तोलाले जानकारी दिए ।

खेलाडीको सम्मानका लागि तार्केश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले ५० हजार, नागार्जुन नगरपालिकाले ५० हजार र समाजसेवी मदन केसीले १० हजार रुपैयाँ नगद प्रायोजक गरेका थिए ।

सोही अवसरमा बुढाथोकी र केसीलाई डोजाङका अध्यक्ष ईश्वरी बिडारीले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल तेक्वान्दोका संघका केन्द्रिय सदस्य हेमन्त डाँगी, हिरा थापा र तेक्वान्दोका राष्ट्रिय टिम तयारीका संयोजक श्याम डंगोल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया