टिमुरेमा सुख्खा बन्दरगाह

काठमाडौं । नेपाल—चीनको सिमानामा सुख्खा बन्दरगाह निर्माण अर्को महिनाबाट सुरु हुने भएको छ । रसुवाको टिमुरेमा अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण सुरु गर्न लागेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

जनवरीमै चीन र नेपालका बीचमा डिजाइन फाइनल भएपछि चिनियाँ पक्षले कन्स्ट्रयाक लगायतका प्राविधिक कामहरू सकेर अक्टोबरबाट निर्माण गर्ने नेपाललाई जानकारी गराएको थियो । तर, केही प्राविधिक तयारी गर्नुपरेका कारण एक महिना ढिला भएको समितिका इन्जिनियर प्रमोद आचार्यले जानकारी दिए ।

समितिका अनुसार चिनियाँ पक्षले सबै प्राविधिक तयारी गरेको मौखिक जानकारीसमेत गराइसकेको छ । नोभेम्बरबाट काम सुरु हुने भएपछि केही साताभित्रै चिनियाँ प्राविधिकहरू नेपाल आउँदै छन् । निर्माण थाल्नुअघि नेपाली पक्षसँग छलफलका लागि चिनियाँ पक्ष नेपाल आउन लागेको हो ।

फाइनल डिजाइनअनुसार बन्दरगाहमा एउटा मुख्य भवन हुनेछ । भवन पाँचतले हुनेछ । भवनमा प्रशासनिक, क्वारेनटाइन, अध्यागमन विभाग, ल्याब, बैंकलगायतका कार्यालयहरू रहनेछन् । ७ सय ५० वर्गमिटरको गोदाम घर निर्माण हुनेछ । ३ सय ५० भन्दा बढी कन्टेनरहरू राख्ने क्षमताको पार्किङ निर्माण हुनेछ

सन् २०१४ मा नेपाल र चीनका बीचमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको थियो । त्यसको एक वर्षपछि सन् २०१५ डिसेम्बरमा डिजाइन बनाउने सम्झौता भएर काम अघि बढेको थियो । चिनियाँ कम्पनी द आर्किटेकचरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्ट्रिच्युट अफ टिबेटले बन्दरगाहको स्टिमेट डिजाइन तयार पारेको थियो ।

डिजाइनमाथि गत जनबरीमा चीन र नेपालका बीचमा द्विपक्षीय छलफल भएको थियो । चीनको छेन्दुमा भएको छलफलपछि डिजाइन फाइनल गर्दै नेपाल र चीनका बीचमा बन्दरगाह निर्माण अघि बढाउने गरी सहमति भएको थियो ।

सहमतिपत्रमा नेपालका तर्फबाट समितिका तत्कालीन कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले हस्ताक्षर गरेका थिए । दुई वर्षमा सम्पन्न गरेर चिनियाँ पक्षले नेपाललाई बुझाउने गरी सम्झौता भएको समितिले जनाएको छ ।

सिन्धुपाल्चोकस्थित तातोपानी नाका भूकम्पकले क्षति प¥ुयाएका कारण बन्द भएपछि रसुवागढी नाकालाई चीनले प्राथमिकतामा राखेको छ । अहिले चिनियाँ सामानहरू रसुवागढी नाका हुँदै नेपाल भित्रिने गरेका छन । नेपाल चीन जोड्ने एउटा यही नाका मात्रै हाल सञ्चालनमा रहेको छ । समितिका अनुसार बन्दरगाह ८ हेक्टर क्षेत्रफलमा बन्नेछ ।

संरचना निर्माण गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधरणको ३ हेक्टर जमिन अधिग्रहण गरिसकेको छ । बन्दरगाह निर्माण गर्नका लागि आवश्यक लगानी चीनले गर्नेछ । निर्माण सकेपछि चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गर्नेछ । यसको डिजाइनसमेत चीनले आफ्नै लगानीमा तयार पारेको हो ।

फाइनल डिजाइनअनुसार बन्दरगाहमा एउटा मुख्य भवन हुनेछ । भवन पाँचतले हुनेछ । भवनमा प्रशासनिक, क्वारेनटाइन, अध्यागमन विभाग, ल्याब, बैंकलगायतका कार्यालयहरू रहनेछन् । ७ सय ५० वर्गमिटरको गोदाम घर निर्माण हुनेछ । ३ सय ५० भन्दा बढी कन्टेनरहरू राख्ने क्षमताको पार्किङ निर्माण हुनेछ ।

आयातनिर्यातका छुट्टाछुट्टै टर्मिनल, सामान चेकजाँच गर्ने चेकपोस्टलगायतका आधारभूत सबै खालका संरचनाहरू निर्माण हुनेछन् । चीन सरकारले आफूतर्फको केरुङभन्दा माथि पाङसिङ भन्ने ठाउँमा आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ । रसुवागढी हुँदै चीनबाट आयात गरिने वस्तुहरू यही बन्दरगाहमार्फत नेपाल भित्रिनेछन् । रसुवागढी नाकाबाट केरुङ २६ किलोमिटर टाढा पर्छ । टिमुरेमा बन्न लागेको बन्दरगाह र रसुवागढीको दूरी करिब २ किलोमिटर छ ।

प्रतिक्रिया