महात्मा गान्धीको अन्तिम दिन

नयाँ दिल्ली । आभा मुस्कुराइन् र भनिन्, ‘आज तपाईंको घडीले सोच्दै होला मेरो नजरअन्दाज गरियो ।’ महात्मा गान्धीले भने,’ मरो घडीको तर्फ किन हेरौँ ।’ गान्धी फेरि गम्भीर बने,’ तिम्रो कारणले १० मिनेट ढिलो भइसक्यो ।

नर्सको कर्तव्य यस्तो हुन्छ जहाँ भगवान् नै उपस्थित भए पनि आफ्नो काम छोड्न हुँदैन । प्रार्थना सभामा एक मिनेटको ढिलो पनि गलत हुन्छ । यस्तै कुरा गर्दागर्दै गान्धी प्रार्थना स्थलमा पुगे । दुई बालिकाको काँधबाट हात हटाएर गान्धीले त्यहाँ उपस्थितहरूलाई दुई हात जोडेर अभिवादन गरे ।

देब्रेतर्फबाट नाथुराम गोड्से उनी तर्फ झुके । त्यहाँ लाग्यो उनले गान्धीको पाउ छुन खोज्दै छन् । आभाले चर्को स्वरमा भनिन्, ‘उनलाई पहिले नै ढिलो भइसकेको छ । बाटोमा डिस्टर्ब नगरिदिनुहोस् ।’ तर, गोड्सेले उनलाई धक्का दिए । उनको हातबाट माला र पुस्तक भुइँमा खस्यो ।

पुस्तक र माला टिप्न उनी निहुरिइन त्यही समयमा गोड्सेले पिस्तोल निकाले र एकपछि अर्को गर्दै तीन गोली गान्धीलाई हाने । गान्धीको मुखबाट ‘राम’ ‘राम’ शब्द निस्कियो र जीवनहीन शरीर भुइँमा ढल्यो । आभाले भुइँमा लडेका गान्धीको शिरलाई आफ्नो हातको सहारा दिइन् ।

नाथुरामलाई तुरुन्तै गिरफ्तार गरियो । त्यहाँ रहेका माली रघुनाथले आफ्नो हातमा रहेको खुर्पाले नाथुरामको टाउकोमा प्रहार गरिदिए । नाथुरामको टाउकोबाट रगत बग्न थाल्यो । तर, नाथुरामका भाइ गोपाल डोड्सेले आफ्नो पुस्तक ‘गान्धी वध और मैं’ पुस्तकमा यसको खण्डन गरेका छन् । उनी गिरफ्तार भएपछि कसैले उनको टाउकोमा छडीले हान्यो र रगत बग्न थाल्यो ।

गान्धीको हत्या भएको केही मिनेटमै लार्ड माउन्टबेटन त्यहाँ पुगे । केहीले गान्धीको चस्मा निकालिदिए । मैनवत्तीको उज्यालोमा विना चस्मा निष्प्राण गान्धीको शरीरलाई उनलाई पहिचान गर्न कठिन भयो । माउन्टबेटनले गुलाव गान्धीको शरीरमा राखिदिए । भारतका अन्तिम भायसराय ती व्यक्तिलाई श्रद्धाञ्जली दिँदै थिए, जसले उनीहरूको साम्राज्यको अन्त्य गरेका थिए ।

जर्ज वर्डान साले गान्धीको हत्याबारे भनेका छन्, ‘यसले के देखाउँछ भने असल हुनु कति खतरनाक छ ।’ मोहम्मद अली जिन्नाले आफ्नो शोक सन्देशमा यस्तो लेखे, ‘उनी हिन्दू समुदायका महानतम् मानिसमध्येका एक थिए ।’ जिन्नलाई कसैले भन्यो उनी एक समुदायभन्दा माथि थिए । तर, जिन्दा आफ्नो भनाइमा अडिग रहे ।

प्रतिक्रिया