सेक्स वर्करका कारण बाटो हिँड्नै गाह्रो

यार्कसर । बेलायतको हल सहरको हेसलरोडमा हिजोआज मानिसलाई हिँडडुल गर्न गाह्रो भएको छ । अभिभावक बच्चाका साथमा हुन्, वा कोही व्यक्ति आफ्नो प्रेमिका या पत्नीका साथ, उनीहरूलाई सडकमा अचम्मको अवस्थाको सामना गर्नु परिरहेको छ ।

बेलायती सञ्चारमाध्यममा आएका समाचारअनुसार यस इलाकामा केही समयदेखि सेक्स वर्करको संख्या बढेका छन् । उनीहरू हरेक समय ग्राहकको खोजीमा हुन्छन् । ग्राहकको खोजीमा यी वर्कर कैयौं पटक आफ्नो प्रस्ताव बच्चाका अगाडि नै अभिभावकलाई खुलेरै राख्दछन् ।

सोही इलाकामा बस्ने एक स्थानीयका अनुसार कतिपटक बच्चालाई विद्यालय पुर्याएर फर्कदा सेक्स वर्करले आफूतिर आकर्षित गर्न खोजेका छन् । सहरको यो इलाका लामो समयदेखि सेक्स वर्करको ग्राहक खोज्ने स्थान बनेको छ, तर केही समयदेखि स्थिति फेरिएको छ ।

एक स्थानीयले नाम सार्वजनिक नगर्ने शर्तमा भने ‘परिवारसँगै बस्नेका लागि यो अत्यन्त नराम्रो स्थिति हो । बच्चासँग हिडिरहेका पुरुषलाई पनि यी सेक्स वर्करले खुलेआम अफर गर्ने गरेका छन् । आफ्नो बच्चालाई यसबारे कसरी बुझाउने भन्ने तनाव हुन्छ । यो स्थिति अब मजाक मात्र रहेन, प्रशासनले अभिभावकको तर्फबाट पनि सोच्नुपर्यो ।’

परिवारसँग बस्नेलार्ई एक अर्को हैरानी पनि खेप्नुपर्ने भएको छ, त्यो के हो भने अधिकांश सेक्स वर्कर ड्रग्स प्रयोगकर्ता हुन्छन् नभए मातेर चुर भएका हुन्छन् । कतिपटक उनीहरूले ड्रग्स प्रयोग भएका सिरिंच र फाइल पेपर यत्रतत्र मिल्काएका हुन्छन् । यस्तोमा बच्चासँग हिँड्नेलाई धेरै असहज स्थिति हुन्छ ।

एक अर्का स्थानीय भन्छन् बालबालिकालाई यसले धेरै नराम्रो असर पारेको छ । कतिपय अवस्थामा त उनीहरू घरका पछाडि वा खुल्लै स्थानमा पनि ग्राहकसँग सेक्स गरिरहेका हुन्छन्, जुन देख्नेलाई असहज लाग्छ ।

प्रतिक्रिया