खोजखबर

प्युठानमा जिप दुर्घटना एकको मृत्यु

सौर्य अनलाइन २०७५ असोज १५ गते १०:३० मा प्रकाशित

प्यूठान । प्यूठानमा सोमबार बिहान भएको जिप दुर्घटनाका एक जनाको ज्यान गएको छ । लु १ च ३४७२ नं को पिकअप जिप दुर्घटनामा परि गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी– ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालो बाटोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् ।

स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया