मिनु र सञ्जु सेमिफाइनलमा


काठमाडौं । मिनु गुरुङ र सन्जुमाया थिङ आइबा विश्व महिला बक्सिङ प्रतियोगिताको छनोट खेलमा सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरको बक्सिङ टेनिङ सेन्टरमा भएको छनोट खेलमा ५१ केजी तौल समूहमा नेपाल आर्मीकी मिनुले एपिएफकी माला राईलाई अंकको आधारमा ४–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

सोही तौल समूहमै मकवानपुरकी सन्जुले ललितपुरकी मनिला राईलाई अंकको आधारमा ५–० को स्कोरमा स्तब्ध पारिन् । छनोट अन्तर्गत नै महिला ६० केजीमा आर्मीकी पुनम रावल र एपिएफकी संगिता सुनार सीधै फाइनलमा पुगेका छन् । फाइनल खेल मंगलबार हुनेछ ।

मित्रराष्ट्र भारतको दिल्लीमा हुने प्रतियोगिताको छनोट खेलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र नेपाली बक्सिङका भिष्मपितामह सुरेशसिंह आले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया