बलात्कार आरोपीको पैरवीका लागि १४ वकिल !

बाँके । बाँकेको कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई तीन वर्षदेखि गरेको बलात्कार घटनामा परेको मुद्दामा आरोपीको तर्फबाट १४ जना वकिलले मुद्दा लडने भएका छन् । केही दिनअगाडि कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई तीन वर्षदेखि बलात्कार गरेको खुलासा भएको थियो ।

कोहलपुर नगरपालिका–५ बस्दै आएका ७५ वर्षीया रामचन्द्र घिमिरे (नाम परिवर्तन) ले १६ वर्षीया नातिनी उषा घिमिरे (नाम परिर्वन) लाई बलात्कार गरेको खुलासा भएको हो ।

उषा स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी थिइन् । प्रहरीले नातिनीको नाम गोप्य राख्नका लागि हजुरबुबाको नाम पनि गोप्य राखिएको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले रामचन्द्रविरुद्ध अदालतमा मुद्दा दायर भएको बताए ।

‘०७२ सालदेखि ०७५ सालसम्म आफ्नै नातिनीलाई यौन शोषण गरेको उजुरी आएको हो । केही कुरा पुष्टि पनि भएका छन्’, डिएसपी सिंहले भने । घरजग्गा कारोबारी रहेका घिमिरेको करोडौँ बराबरको सम्पत्ति छ भने उनले चार जनासँग विवाहसमेत गरेका छन् ।

‘छोरा बुहारी अन्तै बस्ने र हजुरबुबासँग पढ्नका लागि पठाइएको रहेछ । यस्तोमा उनले यौन शोषण गर्ने गरेको पाइयो । पीडित किशोरीले नै अदालतमा वयान दिएकी छिन’, डिएसपी सिंहले भने ।

घिमिरेले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना अधिवक्ता (वकिल) राखेका छन् । प्रहरीले उनलाई एक महिनाअघि पक्राउ गरेको थियो । कोहलपुर प्रहरीका डीएसपी सिंहले बाल हिंसा र महिला हिंसाविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भइरहेको बताए ।

प्रतिक्रिया