चितवन टाइगर्समा अमेरिकन खेलाडी


काठमाडौं । आदिअवादी महिला भलिबल (एभिएल)मा सहभागी टिम चितवन टाइगर्सले ३ अमेरिकन खेलाडी भित्र्याइको छ ।

बिहीबार आदीअवादी फाउन्डेसनका नेपाल प्रमुख सूर्य गुरुङले अन्तर्राष्ट्रिय एयरपोर्टमा खेलाडीलाई स्वागत गरेका थिए ।

अमेरिकन खेलाडीमा जासन ब्रिक्र्स, ट्रेस राउन्ड ट्री र डलटोन टु जोन रहेका छन् ।

उनिहरूले स्पाइकर र ब्लकरको भूमिका निर्वाह गर्नेछन् । चितवन टाइगर्सका अन्य खेलाडीमा राष्ट्रिय खेलाडी अरुणा शाहीले सेटरको भूमिकामा कोर्टमा उत्रिने छन् ।

पुनम चन्दले ब्लकर र स्पाइकरको जिम्मेवारी सम्हाल्ने छन् । अन्य खेलाडीमा सजना महतो, लिब्रो यमकली कुवँर, मोनिका महतो, आरती सुवेदी र जश्ना महतो रहेका छन् । कोचको भूमिका बाबुराम महतोले निभाउने छन् । १३ एभिएलदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया