कुमार, विजय र विकास सम्मानित


काठमाडौं । नेपाल विद्यालय भलिबल कमिसनको पहिलो विशेष साधारणसभाका अवसरमा प्रशिक्षक कुमार, रेफ्रीद्वय विजय र विकास सम्मानित भएका छन् ।

शुक्रबार नेपाल विद्यालय भलिबल कमिसनले न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका कुमार राईलाई विद्यालयस्तरमा भलिबल खेलाडी उत्पादन गराई राष्ट्रिय च्याम्पियन बनाउन र प्रतिभावन खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका निभाएकोमा ताम्रपत्रसहित १० हजार नगदले सम्मान गरेको हो ।

एसियन अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटमा उत्तीर्ण गरेका रेफ्रीद्वय विजय केसी र विकाश गुरुङलाई जनही ताम्रापत्रसहित नगद ३ हजारले सम्मान गरेको हो ।

प्रतिक्रिया