‘बाँध मायाले’ को पोस्टर


काठमाडौं । अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बाँध मायाले’ को पोस्टर सार्वजनिक भएको छ । सवीर श्रेष्ठले निर्देशन गरेको यो चलचित्र ५ असोजदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्र रिलिजको समय पारेर २ वटा पोस्टर सार्वजनिक गरिएको निर्देशक श्रेष्ठले बताए ।

पोस्टरमा एक अर्काको मायामा लीन भएका आर्यन र सृष्टिको रोमान्सलाई कलात्मक रूपमा देखाउने कोसिस गरिएको छ । चलचित्रमा आर्यन र सृष्टिसँगै नवनायक किशोर खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्र रिलिज नजिकिँदै गर्दा निर्माण पक्षले देशव्यापी प्रचारप्रसारलाई तीव्रता दिएको छ ।  यतिबेला उनीहरू विभिन्न कलेज तथा मुख्य सहरमा क्याम्पियनदेखि मिडिया अन्तक्र्रियामा व्यस्त छन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत तथा बाबु श्रेष्ठको छायांकन रहेको छ । रामहरि धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा केदार धिताल कार्यकारी निर्माता तथा महेन्द्र अधिकारी सहनिर्माता रहेका छन् ।

प्रतिक्रिया