सुजन र भीमफेदी गाइजको रोमान्समा आँचल

काठमाडौं । गायक महेश भण्डारी र मिस्टर आरजेको आवाज रहेको ‘रेलिमाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भारतको चर्चित रियालिटी सो डिआइडीबाट एकाएक चर्चामा आएका सुजन मार्फा तामाङ (एलिड २० क्रिउ) र भीमफेदी गाइजलाई पहिलोपटक एउटै भिडियोमा देखाइएको छ ।

भिडियोमा दुई ग्रुपसँग अभिनेत्री आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छन् । दीपक आचार्यको शब्द रहेको गीतमा मिस्टर आरजेले संगीत भरेका छन् । दीपक आचार्यले निर्देशन गरेको उक्त गीतलाई एसदीप मुभिजले बजारमा ल्याएको हो ।

भिडियोमा नेपालका चर्चित दुई डान्स ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन् । रवीन्द्र बरालको छायांकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया