आधुनिक वधशालाको लागि एक करोड २० लाख बजेट

विराटनगर । विराटनगर महानगरपालिका ८ मा आधुनिक वधशाला निर्माण गर्न चालु आर्थिक वर्ष ०७५÷७६ मा एक करोड २० लाख विनियोजन गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले वधशाला दुई वर्षभित्र सञ्चालनमा ल्याइने बताए ।

हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले उपभोक्तालाई गुणस्तर मासु उपभोग गर्न आधुनिक वधशाला आवश्यक भएको बताए । हेफरका कार्यक्रम प्रबन्धक दिपेश पोखरेलले स्वस्थ्यकर मासुका लागि वधशाला आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश–१ का विभिन्न जिल्लामा मासु खपतको अवस्थाबारे जानकारी गराइएको थियो । विराटनगर, इटहरी र दुहवीमा गरी दैनिक ५ हजार ५ सय १४ किलो मासु खपत हुने गरेको बताइएकोे छ ।

प्रतिक्रिया