तेक्वान्दोका राजुलाई क्यानडा ओपनमा कांस्य

काठमाडौं । क्यानडा ओपन तेक्वान्दो च्याम्पियनसिपमा राजु नगरकोटीले कांस्य पदक दिलाएका छन् । सोमबार क्यानडाको भानकुभरस्थित रिचमन्ड ओलम्पिक ओभलमा राजुले पुम्से विधातर्फ कांस्य पदक जितेका हुन् । विश्व तेक्वान्दो महासंघको तत्वाधनमा भएको जी वान खेल(र्याङकिङ प्रदान गरिने) मा सिंगल पुम्सेतर्फ ५० वर्षमुनि राजुले कांस्य पदक जितेको टिमका प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए ।
सो समूहमा कुल १९ राष्ट्र सहभागी भएका थिए । कुल ८ सदस्यीय नेपाली टिमको पुम्सेको प्रशिक्षकद्वयमा गोविन्द शर्मा, कल्याण कुँवर र फाइटमा बद्रीप्रसाद घिमिरे, व्यवस्थापकमा रविन जोशी र टिम हेडमा अर्जुन केसी छन् । पुम्सेमै ४० वर्षमुनि सन्जीव नेपाली र गोपाल भण्डारी क्वार्टरफाइनलमा पराजित हुँदै पदकविहीन भए ।

प्रतिक्रिया