मुरारीको नेतृत्वमा वादोकाई कराते


काठमाडौं । नेपाल वादोकाई कराँते संघको निर्वाचन सम्बन्धित तेस्रो साधारण सभाले मुरारी तामाङको अध्यक्षमा २० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न निर्वाचनबाट ५ उपाध्यक्षमा काभ्रेका देवबहादुर लामा, बाँकेका कमल बस्नेत, मकवानपुरका शशिकुमार तितुङ, काठमाडौंका बालकृष्ण थापा र सिन्धुपाल्चोकका विकाश तामाङ पनि निर्विरोध निर्वाचित भए ।

महासचिवमा दोलखाका नारायणबहादुर मगर, सचिवमा सिन्धुपालचोकका आइतमान तामाङ र कोषाध्यक्षमा मकवानपुरका सनमान गोलेले कार्यकाल पुनः दोहर्याउन सफल भएका छन् । अन्य सदस्यमा पेमा दोर्जे लामा(सागर), निरज तामाङ, सुरेश बस्नेत, लक्ष्मी पौडेल, सोमबहादुर तामाङ, वीरबहादुर तामाङ, रोदाना घिमिरे, सुजेन्द्र केसी, रामकृष्ण थापा, झनकबहादुर अधिकारी र राजेन्द्र गौतम पनि निर्विरोध चयन भएका छन् ।

विधान अनुसार २ उपाध्यक्ष र ९ जना सदस्य भने अध्यक्षले मनोनित गर्नेछन् । साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतले शपथग्रहण गराएका थिए । नवनिर्वाचित पदाधिकारीलाई समापनका अवसरमा भारतीय जनता पाटीका बरिष्ठ नेता डा.दिनेश उपाध्ययले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया