चितवन टाइगर र थ्री–स्टारको विजयी सुरुआत


काठमाडौं । चितवन टाइगर र थ्री–स्टार एकेडेमीले पाँचौँ ढोरपाटन खुला पुरुष भलिबल जिएमई–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिबार भएको लिग खेलमा चितवन टाइगरले धादिङमाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

चितवनले धादिङमाथि २५–२२, २५–१८ र २५–१४ को सोझो सेटमा हरायो । निकै रोमाञ्चक बनेको खेलमा थ्री–स्टारले नेपाल छन्त्याल संघमाथि २५–१३, २३–२५, २५–२२ र २७–२५ को सेटमा जित निकाल्यो ।

यति ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा सञ्चालित अन्य खेलमा एपिएफ र गीताञ्जली कलेजले पनि जित आत्मसाथ गरेका छन् । एपिएफले ग्लासियर कलेजमाथि २५–१४, २५–१४ र २५–१४ को सहज जित आफ्नो पक्षमा पार्यो । गीताञ्जलीले एन्जल्स हार्ट कलेजलाई २५–१३, २५–१४ र २५–२० को सोझो सेटमा हरायो ।

पाँचाैँ ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएको छ । प्रतियोगिता आगामी ६ असोजसम्म हुुनेछ । प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रोले ३५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया