मण्डलामा धुव्रसत्यको ‘जालिनी’

काठमाडौं । सञ्चारकर्मी एवं लेखक धुव्रसत्य परियारद्वारा लिखित नाटक ‘जालिनी’ शुक्रबारबाट मञ्चन सुरु भएको छ । मण्डला नाटकघरमा मञ्चन भइरहेको उक्त नाटकको निर्देशन अभिनेता दयाहाङ राईले गरेका हुन् ।

लेखक धुव्रसत्यको कथासंग्रह ‘कैरन’ को संग्रहित कथा ‘जालिनी’ मा आधारित रहेर नाटक तयार पारिएको हो । धुव्रसत्यका कथामा विशेषगरी ऐतिहासिक मिथ र लोककथालाई समयापेक्ष ढालेको पाइन्छ ।

नाटकमा सिर्जना सुब्बा, विजय बराल, पुष्कर कार्की र बिनिता गुरुङको मुख्य भूमिका रहेको छ । त्यस्तै, प्रमिला खनाल, शकु शाह, इगिहोपो कोइँच सुनुवार, दीपक पछलदँग्या, सागर दाहाल, विक्रम श्रेष्ठ, विकास पन्त, सञ्जीव राई, सुदिप खतिवडा, सविन घलान, रिजन परियार, देविन चौधरी र कविराज राईको अभिनय छ ।

नाटक २१ असोजसम्म नियमित मञ्चन हुने मण्डलाले जनाएको छ ।

प्रतिक्रिया