खाँदै गरेको सुपमा मुसा भेटेपछि करिब १९ करोड डलर घाटा

सान्तोङ । चीनको सान्तोङ प्रान्तमा एउटा चलेको रेस्टुरेन्टमा एकजना गर्भवती महिलाले खाँदै गरेको सुपमा मरेको मुसा फेलापरेपछि सो रेस्टुरेन्टले करिब १९ करोड डलरको घाटा व्यहोरेको छ । चपस्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बीर सामाजिक सञ्जालमा फैलिएपछि रेस्टुरेन्टको सेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।

रेस्टुरेन्टले ती ग्राहक महिलालाई ५ हजार युआन क्षतिपूर्ति दिन खाजेको थियो । तर, ती महिलाका पतिले गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछिमात्रै निर्णय गर्न चाहेको बताएका छन् । गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो रेस्टुरेन्ट पुगेका थिए ।

रेस्टुरेन्टले ती महिलाको गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउनसमेत सल्लाह दिएको र त्यसका लागि २० हजार युआन दिन तयार रहेको जनाइएको छ । सुपमा मुसा फेलापरेको रेस्टुरेन्टबारे छानबिन हुने त्यहाँका अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया