कानुन पास गर्न संसदको नियम निलम्वन गरिदैं

काठमाडौं । केही कानुन ल्याउन सयम घर्किसकेकाले संसद्को नियम निलम्वन गर्दै हतारोमा ल्याउने तयारी भएको छ । ३१ वटा मौलिक हक कार्यान्वयनमा ल्याउन कानुन वनाउने समयसीमा अब ५ दिन मात्र बाँकी छ ।

यही संवैधानिक वाध्यताबीच संसद्को नियम निलम्वन गरेरै ती कानुन ल्याउने तयारी भएको संसद् सचिवालय श्रोतले जनाएको छ । सामान्य अवस्थामा संसद्मा विधेयक पेश भएपछि संशोधनका लागि ७२ घण्टाको समय दिइन्छ । त्यसो गर्दा समयसीमा घर्किने भएकाले ७२ घण्टाको समयलाई १२ घण्टामा झार्ने तयारी भएको हो ।

३१ वटा मौलिक हक कार्यान्वयनका लागि १७ वटा कानुन आवश्यक पर्ने सरकारी निश्कर्ष छ । ती कानुनका मस्यौदा भदौको पहिलो साता नै १३ वटा प्रतिनिधि सभामा र ४ वटा राष्ट्रिय सभामा दर्ता भएका छन् ।

यसअघिका सरकारले चासो नदिएको र अहिलेको सरकारले पनि प्रयाप्त ध्यान पु¥याउन नसक्दा समय घर्किएकाले फास्टट्र्याकको बाटो अपनाउनु परेको सांसद् शान्ता चौधरीले बताइन् । यसमा राजनीतिक सहमति पनि जुटिसकेको बताइएको छ ।

प्रतिक्रिया