एआइए सेमिफाइनलमा


काठमाडौं । अवेरनेस इन्टरनेसनल एकेडेमी(एआइए) नवौँ प्याब्सन मध्यक्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । एआइएसँगै एसियन पब्लिक स्कुल, चाँदबाग र हेम्स पनि सेमिफाइनलमा पुगे ।

शीतल क्षेत्रीको ८ अंक सहयोगमा एआइएले काठमाडौं जेभियरमाथि १५–११ को जित रच्यो । एसियनले अल्बर्टलाई १८–१४ ले पराजित गर्यो । एसियनको जितमा आकृति थापाले ७ अंक योगदान गरिन् ।

चाँदबागले विज किड्समाथि २५–९ को जित निकाल्यो । विजेताकी अदिती गुरुङले १० स्कोर गरिन् । हेम्सले साबमाथि २५–२४ को कठिन जित दर्ता गर्यो । हेम्सकी सुनीता सुनुवारले १९ अंक जोडिन् ।

ब्वाइजमा काठमाडौं जेभियर, अल्बर्ट, हेम्स र मार्टियर्सले सेमिफाइनल यात्रा तय गरे । काठमाडौं जेभियरले विज किड्सको चुनौती ५२–३७ ले समाप्त पार्यो । विजयी टिमका लागि सञ्जिव मगरले २९ अंक जोडे ।  अल्बर्टले स्पाङगेललाई ५१–४४ ले निराश पार्यो । अल्बर्टका सरोज कार्कीले ३९ अंक जोडे ।

हेम्सले एआइएको यात्रा ४१–२९ ले पूर्णविराम लगायो । हेम्सका कौशल शर्माले १५ स्कोर गरे । केइएसविरुद्धको खेलमा मार्टियर्स ३६–३२ ले विजयी भयो । मार्टियर्सका आदर्श बस्नेतले १६ अंक जोडे ।

प्रतिक्रिया