‘इन्टु मिन्टु लन्डनमा’ को पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धीरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को पोस्टर सार्वजनिक गरिएको छ । यसअघि ट्रेलर र गीतका कारण निकै चर्चामा रहेको यस चलचित्रका दुई वटा पोस्टर बिहीबार राजधानीमा सार्वजनिक गरिएको हो ।

रेनशा वान्तवा राईले निर्देशन गरेको यस चलचित्रको एक पोस्टरमा साम्राज्ञी र धीरजलाई देखाइएको छ । त्यस्तै, अर्कोमा चलचित्रका मुख्य कलाकारसहित यो जोडीलाई राखेर पोस्टर बनाइएको छ ।

सार्वजनिक पहिलो पोस्टरमा यो जोडीलाई निकै रोमान्टिक मुडमा देखाइएको छ । ५ असोजबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा साम्राज्ञी र धीरजसँगै शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, रुवी राणा र दिलभूषण पाठक, सुनिशा बजगाईं लगायतका कलाकारको अभिनय छ । आइकोर फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी रहेको छ ।

निर्देशक रेनेशा र प्रज्ज्वल शमशेरको कथा रहेको यो चलचित्रमा वसन्त सापकोटा, स्वप्न सुमन, सुजिल कर्माचार्य र हर्कुलस बस्नेतको संगीत रहेको छ । चलचित्रको छायांकन शैलेन्द्र डि. कार्कीले गरेका छन् ।

प्रतिक्रिया