बोस्टनमा ग्यास पाइप विस्फोट, तीन ओटा सहर खाली गराइयो

वासिंगटन । अमेरिकाको उत्तरी बोस्टन सहरमा ग्यास पाइप लाइनमा दर्जनौं विस्फोट हुन लागेपछि त्यहाबाट मानिसलाई बाहिर निकालिएको छ । प्रहरीकाअनुसार यो घटनामा अहिलेसम्म ६ जना घाइते भएका छन् ।

म्यानचेस्टर स्टेट प्रहरीकाअनुसार ७० स्थानमामा आगजनी र विस्फोट भएपछि टाउन्स अफ लरेन्स,एन्डोवर, र नर्थ एन्डोवरमा ग्यासको गन्ध आइरहेको छ । ती सहरका ग्यास पाइप लाइनमा प्रेसर कम गर्ने प्रयास भइरहेको छ, तर त्यसमा समय लाग्ने बताइएको छ ।

प्रहरीले भने, ‘जहाँ–जहाँबाट ग्यासको गन्ध आइरहेको छ, त्यही स्थान वरीपरीका मानिसलाई हटाइएको छ । यो घटनाबारे अहिले नै केही भन्नु चाडो हुनेछ । जब स्थिति सान्य हुन्छ तब संयुक्तरूपमा अनुसन्धान गरिनेछ ।

प्रभावित क्षेत्रमा हजारौं मिटरसम्मका विद्युत लाइन काटिएको छ । कोलम्बियाका मानिसलाई आफ्ना अत्यावश्यक सामाग्रीसहित सहर छाड्न भनिएको छ । कम्पनीको तर्फबाट भनिएको छ ‘हामी पुरै राज्यमा प्राकृतिक ग्यास लाईनलाई स्तरोन्नती गर्न गइरहेका छौं ।’

लरेन्सका मेयरले भनेका छन् ‘सहरको दक्षिणी भेगमा बसिरहेका मानिसहरू विद्युतशटडाउनको अवस्थालाई मध्यनजर गर्दै आ–आफ्नो घर छाड्न्ुस ।’

विस्फोटमा घाइते भएका छ जनाको लरेन्सस्थित अस्पतालमा उपचार भयरहेको छ । जसमध्ये दुईको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया