वसुन्धरालाई लाइफटाइम

काठमाडौं । अभिनेत्री वसुन्धरा भुसाललाई ‘सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील कलाकार भुसाललाई आइतबार जापानको टोकियोमा उक्त सम्मान प्रदान गरिने आयोजले जनाएको छ ।

उक्त कार्यक्रममा कलाकार र पत्रकारलाई पनि सम्मानित गरिँदैछ । निरन्तर तीन दशकदेखि नेपाली चलचित्रमा क्रियाशील अभिनेता भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, डेढ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार सामिप्यराज तिमल्सिना र फोटो पत्रकारितामा सक्रिय श्रीधर पौडेललाई ‘सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत गरिने आयोजक संस्था सूर्य कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले जानकारी दिए ।

उक्त कार्यक्रममा चलचित्रका ६ विधा र गायनका ६ विधामा समेत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया