सिरहामा मल अभाव

लहान । सिरहामा रसायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको अभाव भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागार्इंका अनुसार धान रोपाइँ सकिएपछि मलखादको माग बढेको छ । लामो समयदेखि मलखाद आपूर्ति नहुँदा रसायनिक मलको अभाव भएको छ । उनले भने, ‘पन्ध्र हजार बोरा मल आवश्यक छ, कृषि सामग्री संस्थानको गोदाम रित्तो छ ।’

बजारमा व्यापारीले रसायनिक मल बढी मूल्यमा बिक्री वितरण गर्दै आएका छन् । विगतमा स्थानीय तहमा रहेका विभिन्न सहकारी संस्थामार्फत कृषि सामग्री संस्थानले गाउँगाउँमा किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको थियो । कम्पनीले डिएपी प्रतिबोरा दुई हजार १ सय ८८ तथा रसायनिक मल ७ सय ३८ का दरले सहकारीलाई बिक्री गरेको थियो । व्यापारीले अहिले झण्डै दोब्बर मूल्यमा रसायनिक मल बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया