अटो सोमा रनरको ६ नयाँ मोटरसाइकल

२० देखि ३० हजारसम्म छुट

नाडा अटो सोलाई लक्षित गर्दै रनर कम्पनीका लागि नेपालको आधिकारिक वितरक रमन मोटर्स प्राइभेट लिमिटेडले ६ वटा मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो सोमा रोडियो, डोमिनेटर, नाइट राइडर, फायर ब्लेड–१२५, फायर ब्लेड–१६५ र हवाक मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीको नयाँ मोडल १६५ सिसी क्षमताको रोडियोको मूल्य ४ लाख ६९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै अर्काे मोटरसाइकल डोमिनेटरको मूल्य ३ लाख ८४ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।  यसमा २ सय ५० सिसी क्षमताको इन्जिन लगाइएको छ ।  कम्पनीको अर्काे मोडल हवाकमा २ सय ५० सिसी क्षमताको इन्जिनको प्रयोग गरिएको छ । यसको बजार मूल्य ३ लाख ८४ हजार रुपैयाँ तोक्ने कम्पनीले जनाएको छ ।

अटो सोमा सार्वजनिक हुने फायरब्लेडको मूल्य ३ लाख २५ रुपैयाँ निर्धारण गरिएको छ । यसमा १ सय ६५ सिसी क्षमताको इन्जिन दिइएको छ । त्यस्तै, १ सय ५० सिसी क्षमताको नाइट राइडर मोटसाइकलको मूल्य २ लाख ४५ हजार तोकिएको छ । १ सय २५ क्षमताको फायरब्लेडको मूल्य २ लाख ६५ हजार तोकिएको छ ।

यस्तै कम्पनीले अटो सोमा आइटी मोटरसाइकल राखेको छ । यसको बजार मूल्य १ लाख ५२ हजार तोकिएको कम्पनीले जनाएको छ । यसमा ८० सिसी क्षमताको इन्जिन दिइएको छ ।  रनरले अटो सोमा सस्तो मूल्यको मोटरसाइकलअन्तर्गत एडी एलोयलाई राखेको छ । ८० सिसी इन्जिन क्षमताको मोटरसाइकलको मूल्य १ लाख ५ हजार रहेको छ ।

कम्पनीले हवाक, रोडेओ, फायरब्लेड, नाइट राइडर, टर्बाेलगायत ९ मोडलमा २० हजार छुट दिने निर्णय गरको छ भने काइट प्लस, रोयल प्लस, चेता, एडी ८० डिलक्स, बाइक आरटीमा ३० हजारसम्म छुट दिने भएको छ । कम्पनीले सार्वजनिक हुँदै गरेका मोडलमा समेत २० देखि ३० हजार छुट दिने जानकारी दिएको छ ।

प्रतिक्रिया