नाडा अटो सोमा महिन्द्राको प्रिमियम एक्सयुभी–५००

 इलेक्ट्रिक भेइकल अनविल गर्ने तयारीमा

हरेक वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अयोजना गर्ने नाडा अटो सो २०१८ यसवर्ष यो वर्ष शुक्रबार २६ गतेबाट सञ्चालित भइराखेको छ । यसबीच १३औँ नाडा अटो सो २०१८ मा महिन्द्रा पेसेन्जर युनिटको नेपालको लागि आधिकारिक वितरक अग्नी इन्कर्पोरेटडले महिन्द्राको बहुचर्चित मोडल ‘महिन्द्रा एक्सयुभी–५००’ ल्याएको छ ।
महिन्द्राको नयाँ भर्सन केही दिन अगाडि नेपाली बजारमा सार्वजनिक भएको थियो । नयाँ एक्सयुभी–५०० नेपाली बजारमा तीन वटा भेरिएन्टमा उपलब्ध रहेको छ । त्यसमा डब्लुभाइभ र डब्लुसेभन फ्रन्ट ह्विल ड्राइभ अफ्सनममा रहेको छ भने, डब्लु इलाभेन अल ह्विल ड्राइभ अप्सनमा रहेको छ ।
जसको मूल्य क्रमशः ६१ लाख ८० हजार, ६७ लाख ७० हजार तथा ८४ लाख ९५ हजार रहेको छ । यसमा पहिलाको एक्सयुभी–५०० भन्दा फरक सिक्स जनरेसन इलेक्ट्रोनिकल्ली कन्ट्रोल भेरायवल टर्वोचार्जड चार सिलिन्डरको एमहक १ सय ५५ डिजल इन्जिनको प्रयोग गरिएको छ ।
यसले १ सउ ५५ बिएचपी पावर ३ सय ६० एनएम टर्क उत्पादन गर्छ जुन पहिलाको भन्दा १५ विएचपी पावर तथा ३० एनएम टर्क बढिरहेको छ । यसमा ६ स्पिडको म्यानुअल तथा अटोमेटिक ट्रासमिसन दिइएको छ ।  यसको एक्टेरियरमा अगाडिको भागमा ठूलो ग्रिल दिइएको छ जसमा वरिपरि तथा बीचका धेरै भागमा क्रोम लगाइएको छ ।
यसको हेडलाइटमा ठूलो प्रोजेक्टर हेडल्याम्प रहेको छ साथै सबैभन्दा माथि एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । यसको बम्पर पनि सुधारिएको छ । यसको बम्परको बीचमा ठूलो एयरड्याम र क्रोमसहित दुई साइडमा टियर डक सेपको फग लाइट राखिएको छ ।
यसको टप भेरिएन्टमा १८ इन्चको डाइमन्ड कलटाइपको एलोय ह्विल रहेको छ । यसको टेलल्याम्पमा पनि परिवर्तन गरिएको छ । पहिलाको एक्सयुभीमा भर्टिकल टेलल्याम्प रहेको थियो भने यसमा बक्स टाइप टेलल्याम्प दिइएको छ । यसको बम्पर र रुफस्पोइलरमा पनि परिवर्तन गरिएको छ ।
इन्टेरिएर परिमार्जित गरिएको छ भने ड्यासबोर्डमा सफ्टटच मेलिरियलको प्रयोग गरिएको छ जसमा लेदरटाइप फिनिसिङ दिइएको छ । यसको ढोकाको भित्रपट्टि र स्टेरिङ ह्विलमा पनि लेदर प्रयोग गरिएको छ जसले यसको क्याबिनको फिनिसिङ प्रिमियम देखिएको छ ।
कारमा सात इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ जुन जिपिएस, अडियो भिडियो युएसबी र ब्लुटुथ सपोर्ट सहितको छ । यसमा इलेक्ट्रिक सनरुफ तथा रियर पार्किङ क्यामरा पनि रहेको छ । कम्पनीले सोमार्फत निकै आशा लिएको मोडल एक्सयुबी–५०० ले राम्रो बजार लिने कम्पनीको दाबी छ ।
महिन्द्रा ‘ई–भेरिटो’
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले उत्पादन गरेको इलेक्ट्रिक कार ‘ई–भेरिटो’ नाडा अटो सोमा प्रदर्शनी गरिने भएको छ । यसअघि महिन्द्राको इटुब प्लस बिक्री वितरण गर्दै आएको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन कर्पोरेटले नेपाली बजारमा पुनः अर्को इलेक्ट्रिक कार ल्याएको हो ।
सानो स्मार्ट इलेक्ट्रिक कार उत्पादन गर्दै आएको महिन्द्राको ई–भेरिटो सेडान कार हो । यसलाई महिन्द्राले २०१६ मा नै भारतीय बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले भारतीय बजारमा दिल्लीबाट बिक्री–वितरण सुरु गरेको उक्त कार व्यावसायिक उत्पादन भन्दा पनि सरकारी टेन्डका लागि उत्पादन हुँदै आएको थियो ।
ई–भेरिटोमा ७२ भोल्टको मोटर लगाइएको यस कारले ४० बिएचपी पावरका साथै ९१ एनएम टर्क उत्पादन गर्छ । कारको
टप स्पिड क्षमता ८६ किलोमिटर प्रतिघन्टा रहेको छ । एकपटकको फुल चार्जमा कारलाई १ सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
महिन्द्राले यस कारमा जडान गरेको री–जेनेटिभ ब्रेकिङ प्रणालीले पावर तथा ब्याट्रीलाई चार्ज गर्ने गर्छ । यसको अलवा महिन्द्राले ई–भेरिटोमा फास्ट चार्जिङ सिस्टम लगाएको छ । यसको सहयोगमार्फत् १ घन्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ ।
यसलाई चार्ज गर्न १५ एम्पियरको पावर आवश्यकता पर्छ । कम्पनीले अहिल्यै यसको मूल्य तोकि नसकेको भए पनि करिब २६ लाखदेखि २९ लाख रुपैयाँको भित्रमा मूल्य निर्धारण हुने अनुमान लगाउन सकिन्छ ।
महिन्द्रा पिकअप
यसैबीच कम्पनीले नाडा अटो सोमा पुुरानो मोडल महिन्द्रा पिक अप ल्याएको छ  । पुरानो मोडललाई निरन्तरता दिने उद्देश्यसहित महिन्द्राले पिक अपलाई निरन्तरता दिएको हो । यो मोडलमा चार सिलिन्डर टर्बाे डिजेल, २ दशमलव २ एल एमहवाक इन्जिनको प्रयोग गरिएको छ ।
इन्जिनले १ सय ४० बिएचपी पावरका साथै ३ सय २० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पिडको म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दिइएको छ ।  महिन्द्रा पिकअपको ग्रान्उड क्यिरेन्स २ सय १० मिलिमिटर रहेको छ भने, कुल ओजन ३ हजार १ सय ५० किलोग्राम रहेको  छ ।
सुरक्षालाई मध्यनजर गर्दै पिकअपमा एन्टी लक बे्रकिङ सिस्टम (एबिएस), डबल फ्रन्ट एयर ब्याग, सेन्ट्रल लकिङ सिस्टम लगायतका विशेषता दिइएको छ । नेपाली बजारमा यसको मूल्य ४० लाखदेखि ४४ लाख बीचमा रहेको छ । एक्सेटेरियर तथा इन्टिरियरमा विभिन्न विशेषता समेटिएको यो मोडलप्रति कम्पनीले निकै अपेक्षा राखेको छ ।
टियुभी–३००
अग्नी इन्कर्पोरेटडले नाडा अटो सोमा टियुभी–३०० राखेको छ । तीन भेरियन्टमा उपलब्ध महिन्द्रा टियुभी–३०० पुरानो टियुभीको तुलनामा आकर्षक तथा परिमार्जित इन्जिनसहित शोमा राखिएको यो मोडल महिन्द्राको अर्काे आकर्षणको पक्ष हो ।
महिन्द्राको टियुभी–३०० टी–४ प्लसको मूल्य ३६ लाख ९५ हजार रहेको छ भने, टियुभी–३०० टी–६ प्लसको ३६ लाख ९५ हजार र टी–८ को मूल्य ४५ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसमा एमहवाक डिजेल इन्जिनका साथै दुई स्टेज टर्बाेचार्जरको प्रयोग गरिएको छ ।
१ हजार ४ सय ९३ सिसी क्षमताको सो इन्जिनले सय बिएचपी पावरका साथै १ हजार ५ सय देखि २ हजार २ सय ५० आरपिएम बीचमा २ सय ३० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पिड म्यानुअल गियर बक्सका साथै पाँच स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।
टियुभी–३०० को अगाडि भागमा फ्रन्ट डिस्क ब्रेक दिइएको छ भने पछाडी भागमा रियर ड्रम ब्रेक लगाइएको छ । फ्युल ट्यांकीमा ६० लिटरसम्म इन्धन अटाउन सक्छ । सुरक्षालाई मध्यनजर गर्दै यसमा फ्रन्टल क्यास सेन्सर, अटोमेटिक डोर लकिङ सिस्टम, तेस्रो जेनेरेसनमा आधारित च्यासिस, डबल एयर ब्याग राखिएको छ ।
स्पोर्टी, स्टाइलिस तथा अग्रेसिप लुक्समा निर्माण गरिएको यो मोडल नेपाली बजारमा निक्कै चर्चित रहेको छ ।

प्रतिक्रिया